राष्ट्रियसभा उपाध्यक्षमा एमालेले घिमिरेलाई उम्मेदवार बनाउने

सदरलाइन संवाददाता २२ चैत्र २०८०, बिहीबार १५:१८
 

काठमाडौं : आगामी चैत्र २८ गते हुने राष्ट्रियसभा उपाध्यक्षका लागि नेकपा एमालेले राष्ट्रियसभा सदस्य विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।

राष्ट्रियसभामा एमालेका नेता देवेन्द्र दाहालका अनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘सत्ता गठबन्धनमा हामीले पाउने सहमति भइसकेको थियो’, उनले भने, ‘त्यस अनुसार हामीले उम्मेदवार टुंगो लगाएका हौं ।’


सत्तारुढ चारदल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । तर एकीकृत समाजवादी पनि गठबन्धनमा सहभागी भएपछि उसले उपाध्यक्षमा दाबी ग¥यो र पाँच दलले गरेको सहमतिमा उपाध्यक्ष एमालेले लिने सहमति हटाइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा महरालाई मुख्यमन्त्री बनाउन चारदलबीच ५ बुँदे सहमति

२२ चैत्र २०८०, बिहीबार १५:१८
दाङ्ग : लुम्बिनी प्रदेशमा चार दलबीच माओवादीको नेतृत्वमा सरकार गठन गर्ने पाँचबुँदे सहमति भएको छ । सत्ता गठबन्धनका नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदले मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई समर्थन गर्ने सहमति गरेका हुन् । सबै दलको अपनत्व हुने गरी प्रदेश सरकारबाट […]