सदरलाइनडटकम,
दाङ : धान दाउने क्रममा थ्रेशर मेशिनमा परि दाङमा एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मज्गैका शोमराज चौधरीका ६ वर्षीया छोरी बिपनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीका अनुसार आफ्नै खेतको धान दाउने क्रममा शुक्रवार राती ९ बजे मेशिनमा परेर गम्भीर घाईते भएकी बिपनाको राप्ती अञ्चल अस्पतला तुलसीपुरमा उपचार पछि थप उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
चौधरीको घर अगाडी लु २ त ५७२८ नम्बरको ट्रयाक्टरमा थ्रेशर जोडेर धान दाउन लागेको अवस्थामा पंखामा उनलाई चोट लागेको हो । थे्रशर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
