बाँकेको कुसुममोडमा ट्रक–मोटरसाईकल ठोक्किदा साईकल यात्रीको मृत्यु

३० बैशाख २०७६, सोमबार ०८:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : पूर्व–पश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्तीसोनारी–१ कुसुम मोडमा आईतबार साँझ भएको सडक दुर्घटनामा परेर एकजनाको मृत्यु हुनुको साथै तीन जना गम्भीर घाइते भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारी अनुसार आईतबार साँझ कोहलपुरबाट लमहीतर्फ जाँदै गरेको रा १ क ८५० नं.को ट्रकले सोही दिशातर्पm जाँदै गरेको भे ६ प ९८२३ नं.को मोटरसाईकललाई ठक्कर दिदा सो मोटरसाईकल अनियन्त्रित भई विपरित दिशाबाट आईरहेको साईकल यात्रीलाई ठक्कर दिदा साईकलमा सवार बाँके राप्तीसोनारी–१ बाँसखोलीका ४५ वर्षिय गोबिन्द कुमालको मृत्यु भएको हो ।

सोही घटनामा परेर मोटरसाइकलमा चालक सोही ठाँउका २३ वर्षिय बिनोद वली, २६ वर्षिय भिमबहादुर कुमाल र २२ वर्षिय गणेश कुमाल गम्भीर घाइते भएका छन् । घाइते वली र भिमबहादुरकाृ अवस्था गम्भीर रहेको छ ।


घटना पछि गम्भीर घाइते भएका ४ जनालाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुराए लगत्तै साईकल यात्री गोबिन्दको मृत्यु भएको थियो ।

घाइते वली र भिमबहादुरको अवस्था चिन्तानक रहेकोले दुबैलाई आईसियुमा राखेर उपचार भई रहेको छ । दुर्घटना भएका ट्रक र मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको छ ।

Next Post

विद्यालय भर्नाको लागि वडा तहमा अभियान

३० बैशाख २०७६, सोमबार ०८:५३
सदरलाइनडटकम, जानकी (बाँके) : बाँकेको जानकी गाउपालिका वडानं.२ मा विद्यालय जाने उमेरका बालबालिका विद्यालयमा अत्यन्तै न्यूनमात्रामा विद्यालय भर्ना भएपछि वडा कार्यालयले बिद्यार्थी शिक्षक / शिक्षिकाका पहलमा घरदैलो अभियान सुरु गरेको छ । ‘मधेशी बाहुल्यता समुदाय भएको कारण अभिभावकहरु नै विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालय पठाउनु भन्दा घरधन्दाकै काममा लगाउने गरेकोले […]