टुर दी ठाकुरद्वाराको छैठौं संस्करण हुने

सदरलाइन संवाददाता २४ माघ २०८०, बुधबार १५:२१
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज साइक्लिङ क्लबको आयोजनामा टुर दी ठाकुरद्वारा छैठौं संस्करण साइकल महोत्सव गर्ने भएको छ । साइकल पर्यटनमार्फत देश विदेशका पर्यटकहरुलाई बाँके र बर्दियाका मुख्य धार्मिक तथा पर्यटकीय गन्तब्यहरुको भ्रमण गराउने उद्देश्यले साइकल यात्रा गर्ने भएको क्लबका सचिव इन्द्र गिरी बताउँछन् ।

संस्कृति, प्रकृति, पर्यटन, प्रयावरण र खेलकुद’ भन्ने मूल नाराका साथ सुरु भएको साइकल यात्रामा छिमेकी मुलुकका युवा सहित २ सय बढी साइकल यात्रीको सहभागिता रहने भएको छ ।


साइकल यात्रीहरु यसरी भ्रमणमा निस्किँदा साइकल पर्यटनको माध्यमबाट देशको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने, तनाव कम भएर स्वास्थ्य राम्रो हुने र आपसी मित्रता र सम्बन्धलाई निकै प्रगाढ बनाएको साइकल आयोजक बताउँछन् ।

नेपालगञ्ज साइक्लिङ क्लबले देश विदेशका पर्यटकलाई बाँके बर्दियाका पर्यटकीय क्षेत्रको भ्रमण गराउने उद्देश्यले २०७५ सालदेखि यो अभियान थालेको आयोजक मध्येका एक सतिश निरौला बताउँछन् । यसअघिका यात्रामा विश्व साइकल यात्री पुस्कर शाहलगायत विभिन्न साइकल यात्रीको सहभागिता रहेको थियो । छैठौं संस्करणका लागि करिब २७ लाख बजेट खर्च अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको सुर्खेत रोडमा फुटपाथ निर्माण कार्य शुरु

२४ माघ २०८०, बुधबार १५:२१
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको गणेशमान चोकदेखि धम्बोझी चोकसम्म सुर्खेत रोडमा फुटपाथ निर्माण कार्य शुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले डेढ मिटर चौडा फुटपाथ निर्माण कार्यको शुभारम्भ गरेका छन् । राज बिल्डर्सले फुटपाथ निर्माण गर्न थालेको इन्जिनियर चन्दन राज दासले बताउनुभयो । १ करोड लागतमा […]

सम्बन्धित