यातायात कार्यालय नेपालगञ्जमा अनलाइन सवारी दर्ता

सदरलाइन संवाददाता १८ माघ २०८०, बिहीबार १४:४०
 

नेपालगञ्ज : नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा सवारी दर्ताका लागि दिनभर लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

यातायात व्यवस्था कार्यालयले विद्युतीय माध्यमबाट अनलाइन सवारी दर्ता प्रणाली सुरु गरेपछि सेवाग्राहीलाई यातायात कार्यालयमै पुगेर कर बुझाउने र दर्ता गर्नुपर्ने झन्झट अन्त्य भएको यातायात व्यवस्था कार्यालय बाँकेका अधिकृत बालकृष्ण चौधरीले जानकारी दिए ।

यो प्रर्णालीबाट सवारी दर्ता, नवीकरण र नामसारी सहज भएको छ । लुम्बिनी प्रदेश सरकारको श्रम तथा यातायात व्यवस्था मन्त्रालयले प्रदेशका यातायात कार्यालयमार्फत अनलाइन सवारी दर्ता प्रणालीबाट गर्ने निर्णय गरेपछि यातायात व्यवस्था कार्यालय बाँकेले पनि विद्युतीय माध्यमबाट अनलाइन सवारी दर्ता प्रणाली सुरु गरेको अधिकृत चौधरीले जानकारी दिए ।


उनले भने, ‘यसबाट सवारी दर्ता व्यवस्थित हुनेछ भने फाइल हराउने समस्या पनि हट्नेछ ।’ यसबाट प्रदेश नम्बर प्रदान गरिन्छ । विद्युतीय माध्यमबाट प्रदेश नम्बर भएका सवारी साधन कार्यालयबाट नवीकरण हुनेछन् ।

माघदेखि सुरु भएको अनलाइन सेवाबाट सेवा लिनेहरु सेवाग्राहीको सङ्ख्या दिनप्रतिदिन बढ्दैगएको कार्यालयले जनाएको छ । यसले सवारी धनीलाई कार्यालयमै पुगेर लाइन बस्नुपर्ने समस्याबाट मुक्त बनाएको छ । विद्युतीय प्रणालीबाट घरमै बसेर पनि सवारी दर्ता हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

करेन्ट लागेर मृत्यु भएका कुर्मीको परिवारलाई ११ लाख

१८ माघ २०८०, बिहीबार १४:४०
नेपालगञ्ज : बाँकेमा क्रियाशील एक लघुवित्त संस्थाले आफ्नो सदस्यको मृत्यु भएपछि मृतकका परिवारलाई क्षतिपूर्ति बापत ११ लाख रकम उपलब्ध गराएको छ । खजुरा गाउँपालिकास्थित स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयले खजुरा गाउँपालिका २ सीगाउँका रामदिन कुर्मीलाई बिमा क्षतिपूर्ति बापतको ११ लाख २७ हजार रुपैयाँको चेक उपलब्ध गराएको शाखा प्रमुख […]