दाङ : लुम्बिनी प्रदेश सभा पहिलो अधिवेसनको अध्यक्षता गुल्मीबाट प्रदेश सभामा निर्वाचित ६९ बर्षिय डिल्लीराज भुसालले गर्नेभएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले जेष्ठताको आधारमा गुल्मी प्रदेश सभा २(१)बाट निर्वाचित भुसालाई सभामुख र उपसभामुख चयन नभएसम्मको लागि अधिवेसन तथा बैठकको अध्यक्षता गर्न जिम्मेवारी प्रदान गरेका हुन ।
२०१० साल जेठ ७ ममा बुबा चिन्तामणि भुसाल र आमा निमकला भुसालको कोखबाट जन्मेका भुसाल रेसुङ्गा नगरपालिका बडानं. ०१ नयाँबजार तम्घास निवासी हुन । नेकपा एमालेबाट निर्वाचित भएका उनी रेसुङ्गा नगरपालिका गुल्मीको संस्थापक प्रमुख समेत रहेका भुसाल हाल एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य छन् ।
२०३८ सालमा माले पार्टीसँग आबद्ध भई लामो समयसम्म एमालेको गुल्मी जिल्ला कमिटी सदस्य, रेसुङ्गा नगरपालिका पाटी ईन्चार्ज, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी निभाई सकेका छन् ।
तम्घास अस्पातल विकास समितिको प्रथम अध्यक्ष, गुल्मी उद्योथ बाणिज्य संघको पूर्व अध्यक्ष समेत रहेका भुसाल दर्जनौं सामाजिक संघ संस्थाको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । उनै भुसाललाई लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेसनको अध्यक्षता गर्ने अवसर प्राप्त भएको हो ।
‘प्रदेश सभाको गरिमा र संघिय लोकतान्त्रीक गणतन्त्रको सुदृढीकरणनै अहिलेको आवश्यकता हो’भुसालले भने,‘मैले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेछु । प्रदेश सभाले जनभावना अनुसार काम गर्नेगरी मेरो भूमिका हुनेछन् ।’