सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा बुधवार ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै देशभर संक्रमितकाके संख्या १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधवार थपिएका संक्रमितहरूमा ११७ महिला र ३ सय ६५ पुरुष रहेका छन् ।
