सदरलाइनडटकम,
सुनसरी : सुनसरीको कोशी गाउपालिका ७ स्थित मुसहरीमा डकैती गर्न आएका समूहमाथि प्रहरीले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । आइतवार राति १० बजे ५–६ जनाको समुहमा आएका व्यक्तिहरुले गस्तीमा रहेको प्रहरीमाथि गोली प्रहार गर्न खोजेपछी प्रहरीले जवाफी फायरिङ गरेको थियो ।
मुठभेडमा अन्दाजी ३५ बर्षीय एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुँयालले जानकारी दिए । अन्य व्यक्तिहरु भने भारतीय सिमाना तर्फ भागेको फुँयालको भनाइ छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)