सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन जेठ १ देखि

२८ बैशाख २०७६, शनिबार १४:१७
 

सदरलाइनडटकम,
धनगढी : सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आगामी जेठ १ गतेदेखि शुरु हुने भएको छ । गत वर्ष माघ ४ गते सुरु भएको हिउँदे अधिवेशन वैशाख १२ गते अन्त्य भएको थियो । जेठ १ गते दिउँसो ३ बजे प्रदेश सभाको चौथो अधिवेशनको पहिलोबैठक बस्ने सभामुख अर्जुनबहादुर थापाले बताए ।
आगामी अधिवेशनमा सुदूरपश्चिम प्रदेशको राजधानी कार्यान्वयनले पनि प्राथमिकता पाउने सभामुख थापाको भनाइ छ । प्रदेशसभाको दुई तिहाइ बहुमतले कैलालीको गोदावरीमा राजधानी राख्ने निर्णय पारित गरे पनि अझै संरचना भने निर्माण हुन सकेका छैनन् । वन मासेर राजधानी बनाउन लागेको भन्दै सर्वोच्व अदालतकामा मुद्दा परेपछि सरकारलाई कानुनी अड्चन सुरु भएको हो ।
सभामुख थापा भने अदालतलाई जवाफ पठाइसकेको र केन्द्र सरकारसँग जग्गा उपलब्धका लागि प्रदेश सरकारले पहल गरिरहेको भन्दै बजेट अधिवेशनका राजधानी कार्यान्वयनमा आउने दाबी गरेका छन् । चौथो अधिवेशनका लागि दुईवटा विधेयकहरू तयार अवस्थामा रहेका छन् । ‘सुदूरपश्चिम प्रदेशको स्वरोजगार कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र ‘सुदूरपश्चिम प्रदेशको औद्योगिक विकाससम्बन्धी विधेयक २०७५ प्रदेश सभामा पुगेमा पुगेका छन् ।

Next Post

भूमध्य सागरमा डुङ्गा पल्टिँदा ६५ जनाको मृत्यु

२८ बैशाख २०७६, शनिबार १४:१७
सदरलाइनडटकम, काठमाण्डौ : भूमध्य सागरमा प्रवासीहरुलाई लिएर जाँदै गरेको एउटा डुङ्गा दुर्घटना हुँदा ६५ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीका अनुसार, ट्युनिशिया नजिक समुद्रमा शरणार्थी लिएर जाँदै गरेको डुङ्गा पल्टिएको हो । दुर्घटना भएको डुङ्गामा धेरैजसो अफ्रिकाका नागरिक थिए । शरणार्थीहरुका लागि संयुक्त राष्ट्रको उच्च आयुक्त […]

सम्बन्धित