कैलालीमा ११ वर्षीया बालिका बलात्कृत

सदरलाइन संवाददाता १४ चैत्र २०७८, सोमबार १४:१८
 

नेपालगञ्ज : कैलालीमा एक बालिका बलात्कृत भएकी छन् । प्रहरीका अनुसार जिल्लाको चुरे गाउँपालिकाकी ११ वर्षीया बालिकामाथि बलात्कार भएको हो ।

बालिका बलात्कारको आरोपमा ६० वर्षीय तिलक शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।


शनिबार जंगल गोठालो गएका बेला शाहले बालिकामाथि करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रवक्ता जोशीले बताए । उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित

१४ चैत्र २०७८, सोमबार १४:१८
नेपालगञ्ज : मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ । यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले दीक्षान्त समारोह स्थगित भएको जानकारी दिए । विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असारमा सम्पन्न […]