भूमध्य सागरमा डुङ्गा पल्टिँदा ६५ जनाको मृत्यु

२८ बैशाख २०७६, शनिबार १४:३१
 

सदरलाइनडटकम,
काठमाण्डौ : भूमध्य सागरमा प्रवासीहरुलाई लिएर जाँदै गरेको एउटा डुङ्गा दुर्घटना हुँदा ६५ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीका अनुसार, ट्युनिशिया नजिक समुद्रमा शरणार्थी लिएर जाँदै गरेको डुङ्गा पल्टिएको हो ।
दुर्घटना भएको डुङ्गामा धेरैजसो अफ्रिकाका नागरिक थिए । शरणार्थीहरुका लागि संयुक्त राष्ट्रको उच्च आयुक्त (यूएनएचसीआर) ले दुर्घटनामा अहिलेसम्म १६ जनालाई बचाउन सकिएको जनाएको छ । दुर्घटना भएको डुङ्गा बिहीवार लिबियाको लागि हिँडेको थियो । समुद्रमा शक्तिशाली लहर चलेका कारण डुङ्गा समुद्रमा पल्टिएको दुर्घटनामा बचेकाहरुले बताएका छन् ।
यूएनएचसीआरको आँकडा अनुसार, यो वर्षमात्रै अहिलेसम्म लिबियादेखि यूरोप मार्गमा एक सय ६० बढी मानिसले ज्यान गुमाइसकेका छन् । संयुक्त राष्ट्र संघको प्रतिवेदन अनुसार, सन् २०१८ मा भूमध्य सागर पार गर्ने क्रममा प्रतिदिन छ प्रवासीले ज्यान गुमाउने गर्दथे ।
(एजेन्सी)

Next Post

दैलेखमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, एक सिकिस्त

२८ बैशाख २०७६, शनिबार १४:३१
सदरलाइनडटकम, दैलेख : दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । गुराँस गाउँपालिका ४ सियाकोटनजिक मिनी ट्रक दुर्घटना हुँदा सुर्खेत लेकवेशी नगरपालिका १० का २८ वर्षीय शेरबहादुर थापाको मृत्यु भएको छ । जुम्लाबाट सुर्खेत जाँदै गरेको भे १ क १०८४ नम्बरको मिनी […]

सम्बन्धित