सदरलाइनडटकम,
नेपालगञ्ज : एचआईभी र एड्सका विषयमा नेपालगन्जमा छलफल गरिएको छ । विश्व एड्स दिवसका अवसरमा बाँकेका सञ्चारकर्मीलाई लक्षित गरी आयोजित कार्यक्रममा एचआईभी र एड्सका विषयमा छलफल गरिएको हो ।
सञ्चारका माध्यमबाट सर्वसाधारणमा सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंङ्ग शाहले सञ्चारको क्षेत्रबाट सिधै चेतनामुलक सन्देस प्रवाह हुने भएकोले कार्यक्रमको आयोजना गरिएको बताए ।
एचआईभी र एड्सका विषयमा भेरी अस्पतालका फिजिसीएन डा. संकेत रिसालले सहजिकरण गरेका थिए । उनले एचआईभी र एड्सलाई सामान्यिकरण गर्न आवश्यक भएकोमा जोड दिए ।
उनले असुरक्षित यौन सम्पर्क, रगत र रगत जन्य पदार्थ, स्तनपान, गर्भावस्था, प्रसव र प्रसुतिका माध्यमबाट एचआईभी र एड्स हुने भएकोले यस्तो अबस्थामा व्यक्ति एकदमै सचेत हुनुपर्नेमा जोड दिए ।
एचआईभी र एड्सको भाईरस शरिरमा प्रबेश गरिसकेको अबस्थामा पनि यसलाई दिर्घकालिन व्यवस्थापन गर्न सकिने उनले जानकारी दिए ।
पछिल्लो समयमा नेपाल सरकारले एचआईभीको उपचारकालागि टेस्ट एण्ड ट्रिट अवधारणा लागू गरेको बताउदै एचआईभी संङक्रमणपछि आजीवन एआरटी उपचार प्रदान गरिनु पर्ने जानकारी दिए ।