सदरलाइनडटकम,
बाजुरा : बाजुराको मार्तडीबाट कोल्टी जाँदै गरेको ट्रयाक्टर बुढिनन्दा नगरपालिका ५ दान सागुमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चालकसहित दुईजना घाइते भएका छन् । कुखुराको दाना बोकेको लु ४ त ७८१ नं. को ट्रयाक्टर शुक्रवार दिउँसो दुर्घटनामा परेको हो ।
दुर्घटनामा बुढिनन्दा नगरपालिका–७ बस्ने २१ वर्षीय डपेन्द्र खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख उद्धव सिंह भाटले जानकारी दिए । खड्काको उपचारको क्रममा कोल्टी स्वास्थ्य कार्यालयमा मृत्यु भएको हो ।
घाइते हुनेमा चालक कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१० का १९ वर्षका खगेन्द्र चौधरी र स्वामी कार्तिक गाउँपालिका– ३ बस्ने प्रकाश शाही छन् । घाइतेको कोल्टी स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
