कर्णालीमा बेपत्ता दम्पतीको अवस्था अझै अज्ञात

सदरलाइन संवाददाता १६ श्रावण २०७८, शनिबार १७:०८
 

धनगढी : कैलालीको मोहन्याल गाउँपालिका–७ को चिसापानी–सोल्टा सडक खण्डबाट कर्णाली नदीमा खसेको जिपका टुक्राटाक्री भेटिएका छन् । तर, सोही जिपमा सवार चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुवीको अवस्था भने अझै अज्ञात छ ।

जिप दुर्घटनामा बेपत्ता भएका जोशी दम्पती अझै फेला नपरेको प्रहरीले जनाएको छ । एकै परिवारका ५ जना सवार बा११च ९३८ नम्बरको जिप चिसापानीदेखि सोल्टा जाने सडक खण्डमा शुक्रबार दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो ।

जिपमा सवार तीन जनाको उद्धार गरिएको थियो भने डडेल्धुरा घर भई हाल डोटीको आदर्श गाउँपालिकामा बस्दै आएका जोशी दम्पती बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जोशी दम्पतीलाई अझै फेला पार्न नसकिएको बताए ।


‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शुक्रवार अबेर रातिसम्म खोजी गरेका थिए,’ उनले भने, ‘दुवै जना फेला नपरेपछि शनिवार बिहानदेखि फेरि खोजी सुरु गरिएको छ ।’ उनका अनुसार दुर्घटनाग्रस्त जिप भने कर्णाली नदीमा टुक्राटुक्रा भएको अवस्थामा भेटिएको छ ।

‘सडकबाट झण्डै तीन सय मिटर तल नदीमा खसेको जिप टुक्राटुक्रा भएको छ । केही पार्ट निकालिएको छ । मुख्य पार्ट निकाल्न बाँकी छ,’ उनले भने । गाडीमा सवार चन्द्रप्रकाशकी १२ वर्षीया छोरी लक्ष्मी, ४ वर्षीया सावित्री र ३ वर्षीय भुवन जोशीको उद्धार गरिएको थियो ।

उनीहरुको अहिले कोहलपुरमा उपचार भइरहेको छ । नेपालगञ्जबाट उपचार गरेर घर फर्किने बेला चिसापानी घुम्नेक्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालका मेसु थापासहित पाँच जनालाई वारवरा फाउण्डेशनको सम्मान

१६ श्रावण २०७८, शनिबार १७:०८
काठमाण्डौं : कोरोना कहरमा उत्कृष्ठ सेवा प्रवाह गरेको भन्दै भेरी अस्पतालका नेपालगञ्जका मेसु, प्रमुख कन्सल्टेन्ट फिजिसियनसहित सातजना कर्मचारी वारवरा फाउन्डेसनबाट शनिबार काठमाण्डौमा सम्मानित भएका छ्न । भेरी अस्पताल नेपालगञ्जका मेसु डा. प्रकाशबहादुर थापा, प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे, नर्सिङ अधिकृत शीला शर्मा, नर्सिङ स्टाफ मधु गुरुङ, एलिना विक, प्रयोगशाला […]

ताजा अपडेट