कोहलपुरबाट मोटरसाइकल चोरी

सदरलाइन संवाददाता ३० पुष २०७८, शुक्रबार १४:३१
 

नेपालगञ्ज : कोहलपुरमा मोटरसाइकल चोरीको घट्न बढ्दै गएको छ । कोहलपुरका कमलसिंह महतको मोटरसाइकल चोरी भएको छ । गएको बुधबार कोहलपुर १४ हवल्दारपुरमा रहेको नशामुक्त पुनस्र्थापना केन्द्रको गेटमा पार्किङ्ग गरेर राखिएको अवस्थामा मोटरसाईकल चोरी भएको हो ।

कमलसिंह महत नशामुक्त पुनस्र्थापना केन्द्रका कर्मचारी हुन् । मध्यान्ह १२ बजेतिर गेटमा मोटरसाइकल पार्किङ्ग गरेर राखेको अवस्थामा लु ८३ प २५४८ नम्बरको रातोकालो रङ्गको पल्सार २२० सिसिको मोटरसाइकल चोरी भएको महतले बताए ।


कोहलपुरमा यसअघि पनि मोटरसाइकल चोरीका घटना हुँदै आएका छन् । बाँके प्रहरीले मोटरसाइकल चोरी गर्नेको खोजी कार्य भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

३० पुष २०७८, शुक्रबार १४:३१
नेपालगञ्ज : लेनदेन मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० बस्ने २७ वर्षीय प्रदीप क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत बाँकेबाट २०७६ साल बैशाख २० गते भएको फैसलाले ६ महिना कैदसजाय पाएका क्षेत्री हालसम्म फरार रहेका थिए । […]