मृतक जवानको परिवारलाई सहकर्मीहरुद्वारा आर्थिक सहयोग

सदरलाइन संवाददाता ५ पुष २०८०, बिहीबार १३:४९
 

नेपालगञ्ज : बाँकेको मदनचोकमा गाडीको ठक्करबाट मृत्यु भएका प्रहरी जवानको परिवारलाई बाँकेका प्रहरीहरुले आर्थिक संकलन गरि सहयोग गरेका छन् । गत मंसिर २८ गते पूर्व पश्चिम राजमार्गको बाँके खण्डको मदनचोकमा गाडीको ठक्करबाट ड्युटीमा रहेका प्रहरी जवान बिशाल वलीको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँके र त्यस मातहतका कार्यालयमा कार्यरत प्रहरी अधिकृत, हवल्दार तथा जवानहरुले आर्थिक संकलन गरि जम्मा भएको रकम मृतक वलीको परिवारलाई हस्तान्तरण गरिएको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए । प्रहरीको सबै दर्जाबाट स्वस्फुर्त प्रदान गरिएको २ लाख ५७ हजार ९ सय ८८ रुपैयाँ रकम प्रहरी प्रवक्ता डाँगी र इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारी मृतक वलीको रुकुम पश्चिम मुसिकोट नगर पालिका १३, छिवाङ् पुगेर हस्तान्तरण गरिएको डाँगीले बताए ।


प्रवक्ता डाँगीका अनुसार मृतकको घर पुगेर डीएसपी द्वय सहितको टोलीले मृतक प्रति श्रद्धान्जली अर्पण गर्नुका साथै मृतकको परिवार प्रति समवेदना प्रकट गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवामा माताहत कार्यालयको सिसिटिभीमार्फत निगरानी

५ पुष २०८०, बिहीबार १३:४९
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकाले माताहतका कार्यालयहरुको प्रत्यक्ष निगरानी शुरु गरेको छ । गाउँपालिकाले आफ्ना ६ वटै वडा कार्यालय, ६ वटा स्वास्थ्य चौकी, र ७ वटा माध्यमिक विद्यालयलाई सिसी क्यामरामार्फत निगरानी गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार पालिकाले “सिसिटिभी सेन्ट्रलाइजेशन सिष्टम”मार्फत ति कार्यालयले प्रवाह गर्ने सेवाको […]