प्याकुरेल बाँके प्रशासनमा सरुवा

२३ बैशाख २०७७, मंगलवार १३:१३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका जिल्ला समन्वय अधिकारी हरि प्याकुरेलको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भई जिल्ला समन्वय समिति बाँकेमा हाजिर भएको डेढ महिनामै प्याकुरेलको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा प्रशासनमा सरुवा भएको हो ।
नेपालगञ्जमा कोरोना संक्रमण समुदायमा फैलिएको अवस्थामा प्रशासनमा अव्वल दख्खल भएका प्याकुरेलको प्रशासनमा सरुवा भएको बताइएको छ ।

Next Post

नेपालगञ्जमा प्रहरी र व्यापारीबीच झडप, अवस्था सामान्य

२३ बैशाख २०७७, मंगलवार १३:१३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जको त्रिवेणी मोडमा मंगलवार बिहान स्थानीय र प्रहरीबिच झडप भएको छ । झडपमा परी दुई स्थानिय सामान्य घाइते भएका छन् भने प्रहरी सवार बा १ झ ८२८४ नम्बरको सरकारी गाडी स्थानियले ढुङ्गामुढा गरी तोडफोड गरेका छन् । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक हरीबहादुर बस्नेतले लकडाउन उल्लघंन […]