विश्व विद्यालय स्थापनार्थ संघर्ष सर्वपक्षिय भेला

प्रदेश सभा सदस्य आरती पौडेलको संयोजकत्वमा संर्घष समिति

सदरलाइन संवाददाता २२ फाल्गुन २०७८, आईतवार १९:४७
 


नेपालगञ्ज :  लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गरिने भनिएको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र सार्ने षडयन्त्र गरेको भन्दै बाँकेमा सर्व पक्षिय संघर्ष समिति गठन गरिएको छ ।

जिल्ला समन्वय समिति बाँकेको अगुवाईमा आईतबार गरिएको सर्वदलिय र सर्वपक्षिय भेलाले बाँकेका प्रदेशसभा सदस्य एवं पूर्व कृषिमन्त्री आरती पौडेलको संयोजकत्वमा संघर्ष समिति समेत गठन गरिएको छ ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले खजुरालाई अनुपयुक्त भन्दै विश्वविद्यालय आफ्नो गृह जिल्ला समेतका स्थानमा पर्ने गरी अन्यत्र सार्ने तयारी भएको बताएसँगै बाँके र बर्दियामा आन्दोलनको तयारी गरिएको हो ।

संघर्ष समितिमा बाँकेका सम्पूर्ण संघीय र प्रदेशमा सांसदहरु, ८ वटै स्थानीयपालिकाका प्रमुखहरु, बाँकेमा क्रियाशिल संघ, संस्था तथा अधिकारकर्मीका प्रतिनिधिहरुलाई समेटिएको खजुरा गाँउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । उनले बाँके र बर्दियाका प्रदेशसभा सदस्यहरुको नेतृत्वमा छिट्टै अस्थायी मुकाम बुटवल पुगेर मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापन पत्र बुझाउने भेलाले निर्णय गरेको बताए ।

सो प्रकरणमा नेकपा माओवादी केन्द्रका बाँके अध्यक्ष आईपी खरेलले विश्वविद्यालयको मुख्यालय खजुराको रनियापुरबाट कुनैहालतमा लैजान नदिइने बताएका छन् ।


उनले कसैको लहडमा र आवेगमा प्रदेशसभाबाट पास भएको विश्वविद्यालय सम्बन्धी निर्णय परिवर्तन हुन नसक्ने बताउँदै खरेलले अनाधिकृतरुपमा प्रदेश योजना आयोगका उपाध्यक्षले हल्ला मच्चाएको आरोप लगाए ।

खरेलले स्थानीय गाँउपालिकाले एक्लै श्रेय लिने नियतका साथ जग्गा प्राप्ती र विश्वविद्यालय स्थपनाको प्रगति लुकाएका कारण विश्वविद्यालय प्रकरणको सृजना भएको समेत आरोप लगाए ।

उपाध्यक्ष क्षेत्रीले पत्रकार सम्मेलनमा खजुरा विश्वविद्यालयका लागि अनुपयुक्त भएको भन्दै दाङको बङ्गलाचुली, दाङकै बेलझुण्डी वा कपिलवस्तुको बहादुरगञ्जमा विश्वविद्यालय स्थापना गर्न जग्गाको व्यवस्था हुँदै गरेको बताएका थिए । कपिलवस्तुको बहादुरगञ्ज प्रदेश योजना आयोगका उपाध्यक्ष क्षेत्रीको गृह नगर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जडिबुटी व्यवसायी संघमा शर्मा

२२ फाल्गुन २०७८, आईतवार १९:४७
नेपालगञ्ज :  नेपाल जडिबुटी व्यवसायी संघको केन्द्रीय अध्यक्षमा नेपालगञ्जका टंकप्रसाद शर्मा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । नेपाल जडिबुटी व्यवसायी संघ (जवान)को आज सम्पन्न २३ औं अधिवेशनबाट शर्मा निर्वाचित भएका हुन । जडिबुटी व्यवसायीको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको नेपालगञ्जमा संघको २३औं अधिवेशन २१ र २२ गते भएको थियो । […]

सम्बन्धित