सहायकस्तर कर्मचारीका लागि ३५ दिने सेवाकालिन तालिम

सदरलाइन संवाददाता १२ माघ २०७९, बिहीबार १२:५८
 

नेपालगञ्ज : सहायकस्तर कर्मचारीहरुका लागि ३५ दिने सेवाकालिन तालिम सकिएको छ । लुम्विनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय प्रदेश सुशासन केन्द्र बाँकेले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तरका कर्मचारीहरुलाई ३५ दिने तालिम प्रदान गरेको छ ।

बिहीवारएक कार्यक्रमका विच तालिमको समापन गर्दै लुम्विनी प्रदेशका कानून सचिव राजेन्द्र थापाले कर्मचारीहरुका लागि निजामती सेवा ऐनको अभावमा कर्मचारीहरुको सेवा बृत्ति विकासमा समस्या भएको भन्दै तत्काल कानून बनाउनुपर्नेमा जोड दिए । उनले सो सम्वन्धी कानूनका केही मस्यौदा समेत तयार रहेकाले तत्काल त्यसलाई अध्ययन र सुझाव लिइ विधियेकको रुपमा ल्याउनुपर्ने माग गर्दै प्रदेश प्रशिक्षण प्रतिष्ठानलाई तालिम केन्द्रका रुपमा स्थापना गर्न तयार भएको विधियेक पनि पास गर्नुपर्ने बताए ।

सचिव थापाले कर्मचारीको दक्षता भनेको तालिम र अनुभव भएकाले योग्यता अनुसार ज्ञान र सिपका आधारमा सेवाग्राहीलाई सरल र चुस्त सेवा प्रदान गर्न निर्देशन दिए ।

प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक कमानसिंह थापाले कर्मचारीहरुलाई बेलाबेलामा दक्ष बनाउनुपर्नेमा जोड दिदै कर्मचारीको सकारात्मक सोचको व्यवहारमा परिवर्तन ल्याई सेवाग्राहीलाई राम्रोसंग सहजीकरण गर्नुपर्ने बताए । उनले एक दुई जना कर्मचारीको गल्तीले सबै कर्मचारी बदनाम हुने गरेको भन्दै कर्मचारीको व्यवहार र प्रबृत्तिमा भर पर्ने भएकाले हाजिरी मात्र नभई त्यसले गर्ने काम र उपलब्धीको मुल्याकन गर्नुपर्नेमा जोड दिए ।


बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले तालिमले कर्मचारीको ज्ञान, सिप र प्रबृत्तिको विकास गर्नेभएकोले सेवा प्रवाहका काममा सेवाग्राही सन्तुष्ट गराउने गरि सेवा दिनुपर्ने बताए । प्रदेश सुशासन केन्द्रका सुशासन विज्ञ प्रेम नारायण श्रेष्ठले तालिम पश्चात कर्मचारीले सेवाग्राहीलाई सरल, सहज र चुस्त सेवा पाउने आशा व्यक्त गरे ।

तालिम लिएका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । तालिममा सहभागीहरु मध्ये दिनेश पोख्रेल र भगवती बुढलाई सर्वोत्कृष्टको प्रमाणपत्र वितरण गरिएको सुशासन केन्द्रका विष्णु न्योपानेले बताउए ।

कार्यालय सञ्चालन तथा व्यवस्थापन, शुसासन, दैनिक प्रशासन कार्यसम्पादन लगायतका विषयमा प्रशिक्षण दिइएको सुशासन केन्द्रका शाखा अधिकृत मनोज कुमार थारुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिहीवार सरस्वती पूजा : श्रद्धापूर्वक पूजा–आराधना गरी मनाईंदै

१२ माघ २०७९, बिहीबार १२:५८
नेपालगञ्ज : वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा बिहीवार मनाईंदैछ । विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षर चिनाउनेदेखि विद्यालय भर्ना गर्न आजको दिन शुभ रहने विश्वास गरिन्छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ। चन्द्रमा जस्तो गोरो वर्ण भएकी […]

सम्बन्धित