छोरा र भाइको हत्या

३० श्रावण २०७५, बुधबार १६:३७
 

जाजरकोट, रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–१४ मा एक व्यक्तिले आज आफ्नै छोरा र भाइको हत्या गरेका छन् ।

छिवाङ चौताराका ३६ वर्षीय शंकर बिष्टले ६ वर्षीय छोरा सुदर्शन र २० वर्षीय भाइ गोकर्णको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । शंकरले खुकुरी प्रहार गरी आफ्ना दुई छोरालाई समेत घाइते बनाएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । उनको मानसिक अवस्था ठिक नभएको बताइएको छ । छोरा र भाइको हत्या गरेपछि शंकरले आत्महत्याको प्रयास गरेका थिए । शंकर र उनका घाइते दुई छोराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी नलगाड नगरपालिका–७ दानीपिपल खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ । बाढीले बगाएर ३९ वर्षीय उमेशबहादुर शाहीको मृत्यु भएको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिए।


बाढीले पुल बगायो

नलगाड नगरपालिका–५ कालिमाटीमा गए राति बाढीले दुई झोलुङ्गे पुल बगाएको छ । बाढीले झुम्रे खोला र घुआरामा रहेको झोलुङ्गे पुल बगाएको हो । बाढीले घुहारामा रहेको मिल, कालिमटीस्थित खिमलाल जैशीको घर र १५ घुम्ती पसलसमेत बगाएको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । सो ठाउँका पानी घट्टसमेत बाढीले बगाएको छ । जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने पुल बगाएपछि यहाँ आवतजावत ठप्प छ । धान खेत बाढीले बगाएको छ ।
रासस

Next Post

बाढीपीडितलाई खानेपानी सुविधा

३० श्रावण २०७५, बुधबार १६:३७
बर्दिया, बढैयाताल गाउँपालिका– ९ टेसनपुरका बाढीपीडितलाई खानेपानीको सुविधा उपलब्ध गराइएको छ । व्याकवार्ड सोसाइटी एजुकेशन (वेस) बर्दियाले रु दुई लाखको लागतमा खानेपानी उपलब्ध गराएको हो । वेसले खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि पानीको सुनिश्चितता कार्यक्रमअन्तर्गत टेसनपुरमा खानेपानी योजना सम्पन्न गरेको हो । वाटरएड नेपालको सहयोग तथा वेसको आयोजनामा बाढीपीडितका लागि […]

सम्बन्धित