बालअधिकार सुनिश्चित गर्न उप–महानगर प्रतिबद्ध

११ आश्विन २०७४, बुधबार १६:३७
 

सदरलाइनडटकम 
११ असोज, नेपालगन्ज : नेपालगन्ज उप–महानगरका मेयर डा. धवल शमशेर राणाले बालबालिकाको सवाल र अधिकार प्रतिको सोचाईमा परिवर्तन ल्याउन आवश्यक रहेको औल्याएका छन् ।
‘बालमैत्री सहर हामी सबैको रहर’ भन्ने नाराका साथ नेपालगन्ज उप–महानगरपालिका स्तरिय बालक्लब सञ्जालले बिजयादशमी, दिपावली, हिजरी सम्बत मोर्हरम र छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सो कुरा औल्याएका हुन ।
मेयर डा. राणाले बालबालिकालाई सोच्ने र बुझ्ने तरिकामा परिवर्तन नल्याईदासम्म समाज परिवर्तनमा अनेक खाले समस्या आइरहने समेत बताउदै नेपालगन्जलाई बालमैत्री सहरका रुपमा रुपान्तरण गर्ने कार्यलाई गम्भीरताका साथ लिएको र बालमैत्री बातावरणका लागि बालबालिकाको सहभागितामा सर्वपक्षिय बैठक बसी योजना बनाएर लाग्ने समेत प्रतिवद्धता व्यक्त गरे ।
मेयर राणाले नगरमा बालबालिकाका लागि विभिन्न स्थानमा बालउद्यान, पार्क बनाउने तयारी भइरहेको जनाउँदै ती सवै बालमैत्री बन्ने पनि दावी गरे । अधिकांस मानिसको मनस्थिती बिग्रेकै कारण समाज परिर्वतनमा पनि समस्या रहेकोले मनस्थिती बदल्न जरुरी रहेको उनको भनाई थियो ।
नेपालगन्ज उप–महानगरपालिकाका सामाजिक विकास शाखा अधिकृत कृष्णप्रसाद जोशीले बालबालिकाद्वारा बालबालिकाका लागि चालिएका कामले समाजमा सकारात्मक प्रभाव पारि रहेकाले दीगो विकास र निकासाका लागि बालबालिकामा लगानी बढाउनु पर्ने बताए ।
उानले नगरमा बालबालिका सम्बन्धी काम गर्ने संघसस्थाहरुलाई एकिकृत गरि एकद्वार प्रणालीमा ल्याउने प्रयास गरिरहेको स्पष्ट पार्दै सन् २०१७ सम्म नगरलाई बालमैत्री बनाउन उप–महानगरपालिकाले अभियान सञ्चालन गरि सकेकोले अधिकांश सूचक पुरा भइसकेको पनि जानकारी दिए ।
जिल्ला बालक्लब सञ्जाल बाँकेका संस्थापक सल्लाहकार तथा उप–महानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषी चौलागाईले नगरमा हुने कुनैपनि कार्यमा बालबालिकाको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गरिनुपर्नेमा जोड दिए ।
नेपालगन्ज उप–महानगरपालिकाको सभाकक्षमा भएको शुभकामना आदानप्रदानलाई सम्बोधन गर्दै समग्र बालक्लबहरुको छाता संगठन जिल्ला बालक्लब सञ्जाल बाँकेकी अध्यक्ष श्वेता गुरुङ्गले बालबालिकाप्रतिको सोच परिर्वतन गरि अर्थपूर्ण बालसभागितालाई सुनिश्चित गर्नुपर्ने बताईन ।
‘बालबालिकाका धेरै सवाल र मुद्दाहरु ज्यूँका त्यूँ छन । बालबालिकामा काम गर्ने संघसंस्थालाई नियमन गरिनु पर्ने आबश्यकता खड्केको छ’– उनले भनिन ।
उपमहानगरपालिका स्तरिय बालक्लब सञ्जालकी अध्यक्ष अन्जना चर्तुवेदीको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नगर बाल सञ्जालका पुर्व अधयक्ष साहिल अन्सारी, जिल्ला बालक्लब सञ्जालका संस्थापक सदस्य विजय मल्ल, पूर्व अध्यक्ष सुरेन्द्र चलाउने लगायतको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उर्जामन्त्री शाहीले भने ‘नेपालमा ऐन/ कानूनका ड्राफ्टहरु माफियाले बनाउँछन्’

११ आश्विन २०७४, बुधबार १६:३७
बुढीगण्डकीको काम नरोकिने मन्त्री शाहीको उद्घोष   सदरलाइनडटकम  ११ असोज काठमाडौं : उर्जामन्त्री महेन्द्रबहादुर शाहीले बुढीगण्डकी जलबिद्युत परियोजना अहिले नरोकिने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले बुढीगण्डकीको काम कुनै पनि हालतमा नरोकिने स्पष्ट पारेका हुन् । उनले भने,‘अदालतमा विचाराधिन रहेको मुद्दामा अहिले […]

सम्बन्धित