खोप सुनिश्चितताको लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारीलाई अनुशिक्षण

१९ बैशाख २०७६, बिहीबार १९:००
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा पूर्ण खोप सुनिश्चितता र दिगोपनाको लागि सबै पालिकाका प्रमुख, उप–प्रमुख, प्रशाशकिय अधिकृत र स्वास्थ्य संयोजकहरुलाई एक दिने अनुशिक्षण गरिएको छ ।
परिवार स्वास्थ्य महाशाखा बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले स्थानीय सरकारले खोप तथा स्वास्थ्यको विषयलाई विकासको मुद्दा बनाउदै सबै पालिकामा लागु गर्न आवश्यक रहेको औल्याए ।
उनले राज्यले नागरिकको स्वस्थ्य प्रति सचेत हुदै जन्मदेखि १५ महिनासम्मका सबै बालबालिकामा ११ वटा रोगको बिरुद्ध अनिवार्य खोप लगाउदा प्रति व्यक्ति डोजमा मात्र करिव ३० हजार हुने जानकारी दिए । उनले खोपका कारण विफर उन्मुलन भएको र पोलियो २०१० देखि देखा नपरेको स्पष्ट पारे ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाईजर देवि पौडेलले बाँकेमा १२ हजार ६९ बालबालिका खोप लिने उमेरका भएको जानकारी दिदै उनीहरुलाई सबै खोपको मात्रा दिलाउनको लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारीको सहकार्य हुन आवश्यक रहेको बताए ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वस्थ्य अधिकृत रामबहादुर चन्दले सहजिकरण गरेको कार्यक्रममा निमित्त कार्र्यालय प्रमुख प्रम केसीले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
बाँकेको ८ वटा पालिका मध्ये डुडुवा, जानकी, खजुरा, राप्ती सोनारी गाउपालिका र कोहलपुर गाउपालिका पूर्ण खोप घोषणा पालिका भएको तर, नेपालगन्ज उप–महानगर, नरैनापुर र बैजनाथ गाउपालिका भने घोषणा हुन बाँकी रहेका छन् ।
सो जिल्ला समन्वय समिति बाँकेका सदस्य जानुका क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरका उपप्रमुख उमा थापामगर, बैजनाथ गाउपालिकाका प्रमुख मानबहादुर रुचाल ठकुरी, कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत, जानकीका प्रमुख रामनिवास यादव, राप्ती सोनारीका प्रमुख लाहुराम थारु, उपप्रमुख धनीकुमारी खत्री, डुडुवाका उपप्रमुख सायरा बानो लगायतका जनप्रतिनिधिले पूर्ण खोप सुनिश्चिताको लागि आ–आफ्नो पालिकमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।  

Next Post

क्यान बाँकेले निःशुल्क वेबसाईट बनाईदिने

१९ बैशाख २०७६, बिहीबार १९:००
सदरलाइनडटकम, नेपालगञ्ज : डिजिटल बाँकेका लागि वकालत गर्दै आएको क्यान महासँघ बाँकेले एकसयवटा वेबसाईट निःशुल्क बनाईदिने भएको छ । डिजिटल बाँकेको अभियानमा सहयोग पुग्ने हिसावले विभिन्न सामाजिक संघसंस्थालगायतका वेभसाईट निःशुल्क बनाउन लागिएको हो । त्यसका लागि ईगलआईसँग सहकार्य गरिएको क्यान महासंघ बाँकेका अध्यक्ष भोजराज तिमिल्सेनाले जानकारी दिए । राष्ट्रिय सूचना […]