कोहलपुर नगरपालिकाद्वारा गन्धर्व परिवारका लागि एकीकृत गन्धर्व बस्ती निर्माण

रुद्र सुवेदी २५ पुष २०७७, शनिबार १३:२४
 


कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाले गन्र्धव परिवारको लागि एकीकृत गन्धर्ब बस्ती निर्माण गरेको छ । लोप हुन लागेको गन्धर्व संस्कृति र जातीको संरक्षण गर्ने उदेश्यले कोहलपुर नगरपालिकाले वडा नं. ११ मा निर्माण गरिएको एकीकृत गन्र्धब बस्ती कोहलपुर नगरपालिकाको आफ्नै ‘ड्रिम’ प्रोजेक्ट भएको नगरप्रमुख लुटबहादुर रावत दाबी गर्छन ।

सञ्चारको संवाहकको रुपमा सारंङ्गी रेटेर गीत संगितको माध्यामबाट सन्देश प्रवाह गर्ने गन्र्धव समुदाय घरबार बिहीन अवस्थामा रहेको बेलामा कोहलपुर नगरपालिकाले भूमिहीन र विपन्न अवस्थाका गन्र्धब र गन्धर्व संस्कृतीको संरक्षण गर्ने उद्देश्यले एकीकृत गन्र्धब बस्ति निर्माण गरेको नगरप्रमुख रावतले जानकारी दिए ।

उनले सो परियोजनाको लागि नगरपालिकाले १ करोड ७५ लाखको लगानीमा २० परिवारलाई २ कोठा, भान्सा र शौचालय सहितको घर निर्माण गरी हस्तान्त्रण गरेको बताए । उनले भने–‘ कोहलपुर नगरपालिकाले लोपोन्मुख गन्र्धव जातीको संरक्षण गर्नको लागि आफ्नै खर्चमा गन्धर्व बस्ती निर्माण गरेको हो । अझैपनि सामुदायिक भवन र गन्धर्बका बालबालिकालाई पढाउने विद्यालय निर्माण गर्ने योेजना रहेको छ ।’

कोहलपुर नगरपालिकाले आवास विहीन विपन्न गन्धर्व समुदायलाई लक्षित गरी गतवर्ष १० वटा र यसवर्ष १० वटा गरि २० वटा आवास निर्माण सम्पन्न गरेको छ । सारंगी रेट्दै गीत संगितको माध्यमबाट विभिन्न सन्देश प्रवाह गर्ने गन्धर्ब समुदायका लागि नगरपलिकाले घर निर्माण गरी आफुहरुलाई सुरक्षित आवासको व्यवस्था गरेर ठूलो गुणलगाएको गन्धर्व समाज कोहलपुर नगर कमिटीका अध्यक्ष दलबहादुर गन्धर्वले बताउछन ।

कोहलपुर–११ गन्धर्व वस्तिका बिरबहादुर गन्र्धवले डुडुवा नदीको किनारमा अस्थायी बसोबास गरेका गन्र्धब समुदायलाई २०७१ सालको बाढीले चिलिविली पारेपछि सुरक्षित र स्थायी आश्रयको खोजिमा रहेकै बेलामा कोहलपुर नगरपालिकाले वडा नं ११ मा शौचालय सहितको २ कोठा र एउटा भान्सा भएको घर बनाईदिए पछि अस्थायी बस्ती सारी रहने झण्झट टरेको बताए ।


उनले अझै पनि ६ परिवार घरबार बिहीन भएकोले उनीहरुका लागि घर र गन्धर्वका बालबालिकालाई गन्धर्ब संस्कृति र संगित पढाउने उपयोग हुने गरी सामुदायिक भवन निर्माण गरिदिन नगरपालिकालाई आग्रह गरे । उनले भने–‘ हरेक वर्ष घाम, शित र वर्षातको पानीबाट ओत लाग्ने कटेरो बनाउदै सार्दै गर्नु पर्ने बाध्यतालाई नगरपालिकाले सधैको लागि अन्त्य गरि आफुहरुलाई ठूलो गुण लगाएको छ । अव सामुदायिक भवन संगै अरु ६ परिवारको लागि पनि आवासको व्यवस्था गरिदिए ठूलो गुण लाग्ने थियो ।’

आफ्नो जमिन नहुँदा अरुको जमिनमा अस्थायी टहरो बनाउदै हरेक वर्षदिन, छ महिनामा त्यो टहरो खाली ठाँउ हेरेर सार्दै ओत लाग्ने अवस्थाका गन्र्धव परिवारको लागि नगरपालिकाले आफ्नै जमिनमा आफ्नै लगानीमा घर निर्माण गरि दिएपछि उनीहरु फुरुङ्ग छन् ।

१ करोड ७५ लाखको लागतमा बनेका घर भूकम्प प्रतिरोधी हुनुका साथै प्रत्येक घरमा शौचालय समेत छ । नगरपालिकाको जग्गामा बनेका उक्त घरहरु भूकम्प प्रतिरोधी छन् । प्रत्येक घरसम्म सडक पुग्ने नगरपालिकाले बनाएको छ ।

नगर प्रमुख रावतले कोभिड–१९ का कारणले आयोजना प्रभावित परेकोले एकीकृत गन्र्धव बस्तीमा सामुदायिक भवन र बाँकी रहेका ६ परिवारको लागि थप घर निर्माण गर्ने योजना रहेको बताए । उनले भने–‘ अब कोभिड–१९ को अवस्था सामान्य बन्दै गएपछि बाँकी रहेको काम प्राथामिकताको आधारमा सञ्चालन हुनेछन् यसैक्रममा गन्र्धव बस्तीका अधुरा काम पनि सम्पन्न हुने छन् ।’

Next Post

ओपन क्रिकेटको उपाधि बिबी वारियर्सलाई

२५ पुष २०७७, शनिबार १३:२४
नेपालगञ्ज : शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा सम्पन्न कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको उपाधि बिबी वारियर्स नेपालगञ्जले जितेको छ । बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिताको शनिवार कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा बिबी वारियर्सले आयोजक टिम कोहलपुर क्रिकेट […]