गुणस्तरहीन राहत सामाग्री बितरण नगर्न जिसस बाँकेको चेतावनी

२३ चैत्र २०७६, आईतवार १७:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ कोरना भाइरसको संक्रमणबाट जोगिनको लागि आव्हान गरिएको लकडाउनका कारण प्रभावितलाई वितरण गर्ने राहतको गुणस्तरमा ध्यान दिन आग्रह गरिएको छ ।

लकडाउन प्रभावितलाई बितरण गरिएको राहत सामाग्रीको गुणस्तर खस्केको जनगुनासो व्यापक उठेपछि जिल्ला समन्वय समिति बाँकेले बिज्ञप्ती जारी गर्दै राहातका नाममा गुणस्तरहीन खाद्य पदार्थ नबाँड्न आग्रह गरेको छ ।


बाँकेका केही स्थानियतहले बाँडेको राहत सामग्री गुणस्तरहिन भएको गुनासो बढेको भन्दै समन्वय समितिले त्यसतर्फ सचेत हुन आग्रह गरेको हो ।

आईतबार एक विज्ञप्ती जारी गर्दै समितिले कोरोना भाईरसका कारण फैलिएको महामारीका क्रममा गुणस्तरीय खाद्यसामग्रीले झनै जटिल समस्या निम्त्याउन सक्ने भन्दै त्यस्तो नगर्न सचेत गराएको हो । त्यसैगरी राहत वितरणमा राजनीतिक पूर्वाग्रह नराख्नका साथै विचल्लीमा परेका सबैलाई उपलब्ध गराउन समेत आग्रह गरेको गरीएको छ ।

Next Post

नेपालगञ्जका क्वारेन्टाईनमा बसेकालाई लायन्स क्षेत्रनं. ६ द्वारा दुई छाकको खाना

२३ चैत्र २०७६, आईतवार १७:४६
सदरलाइनडटकम, नेपालगञ्ज : लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि–२ नेपाल अन्तरगत ६ नम्बर क्षेत्रका लायन्स सदस्यहरुले बाँकेको दशगजा क्षेत्रमा रहेको क्वारेन्टाइनमा बसेका नेपालीहरु तथा भारतीय मजदुरलाई दुई छाक खानाको व्यवस्था गरेका छन । कोबिड–१९ कोरना भाइरसको संक्रमणबाट जोगिनको लागि आव्हान गरिएको लकडाउनका कारण प्रभावितलाई मानविय सहयोग पुराउने उद्देश्यले लायन्स क्लब […]