सदरलाइनडटकम,
नेपालगञ्ज : कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन बाँकेको आयोजनमा कर्मचारी समायोजन, पदस्थापना र प्रस्ताविक संघीय निजामती सेवा ऐन २०७५ का बारेमा बिहीवार नेपालगञ्जमा छलफल गरिएको छ । आधिकारिक ट्रेड युनियन केन्द्रीय उपाध्यक्ष भोला पोखरेलको उपस्थितमा छलफल भएको हो ।
जिल्ला अध्यक्ष कृष्ण कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कुलराज उपाध्यायले गरेका थिए । कार्यक्रममा स्वास्थ्य सम्बद्ध कर्मचारीले ज्ञापनपत्रसमेत बुझाएको स्वास्थ्य प्राविधिक संगठनका केन्द्रीय उपाध्यक्ष रामबहादुर चन्दले बताए ।
