युरोप–अमेरिका नेपाली जहाज पुर्याउने नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रीको दावी

२७ फाल्गुन २०७३, शुक्रबार १२:२९
 

सदरलाइनडटकम
२७ फागुन, काठमाण्डौ :  नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले संविधान संशोधनका विषयहरु नागरिकता, भाषा राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयलाई दुई तिहाईले पारित गर्ने सहमतिका साथ आफूहरु सरकारमा गएको स्पष्ट पारेका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री गिरीले भने,‘अहिले तीन वटा विषयमा मात्रै हाम्रो सहमति छ, यी तीन वटा विषयहरुलाई दुई तिहाईले पारित गर्ने तर प्रदेशको सिमांकनको विषय भने स्थानीय तहको निर्वाचनपछिमात्रै टुँगो लगाउने सहमति भएको छ, यही सहमति अनुसार हामी सरकारमा गएका हौं।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री गिरीले संविधान कार्यान्वयन गर्न विभिन्न जटिलताहरु रहेको बताउँदै उक्त जटिलताहरु पार गर्दै अघि बढ्न वर्तमान सरकार सक्षम रहेको जिकिर गरे। उनले भने,‘संविधान कार्यान्वयन गर्नको लागि हामी सबै जिम्मेवार बन्नुपर्छ, हामी सरकारमा जानुको प्रमुख दुई प्रतिबद्धताहरु छन्, पहिलो चुनावको सुनिश्चितता गर्ने र दोस्रो संविधान कार्यान्वयन गर्ने हो।’ उनले सिमांकनको विषय पनि चुनावपछि हल गर्नेगरि अघि बढ्नुपर्नेमा आफूहरु प्रष्ट रहेको बताए।
उनले निर्धारित मिति बैशाख ३१ गते नै स्थानीय तहको निर्वाचन हुने ठोकुवा गरे। उनले भने,‘हामीलाई सरकारमा आउनको लागि बार बार आग्रह गरिएको थियो, कसरी अघि बढ्ने भन्नेबारेमा एउटा समझदारी भयो, त्यही अनुसार हामी सरकारमा गएका छौं, अब चुनाव हुँदैन कि भनेर कसैलेपनि आशंका गर्नुहुँदैन्, हाम्रो उपस्थितिलेपनि चुनावको सुनिश्चितता गरिसकेको छ।’
उनले मुलुकमा कसैलाईपनि निषेधको गर्न नहुने धारणा राख्दै मधेशी मोर्चाको पनि माँग पूरा गराउन सबै गम्भिर बन्नुपर्ने धारणा राखे। त्यस्तै उनले आफूहरु मुलुकमा हिन्दूराष्ट्र पूर्नस्थापना गराउने अभियानमा लागेको समेत जिकिर गरे। मन्त्री गिरीले भने,‘९४ प्रतिशत हिन्दू रहेको देशमा हामी जसरीपनि हिन्दूराष्ट्र बनाएरै छाड्छौं, हाम्रो सम्पूर्ण तनमन यतातिर छ।’
त्यस्तै उनले पर्यटन मन्त्रालयमा धेरै चूनौतिहरु रहेको स्विकार गर्दै आगामी दिनमा सबै खाले चूनौतिहरुलाई सामाना गर्दै आफू अघि बढ्न सक्षम रहेको जिकिर गरे। उनले नेपाल एयरलाईन्सलाई युरोप, अमेरिकासम्म पुर्याउने उद्धघोष समेत गरे।
उनले भने,‘हिजो आर.एले युरोपसम्मको उडान भर्दथ्यो, तर हामी आज हेरौं हाम्रो अवस्था, त्यसैले मेरो प्रतिबद्धता द्ध, म मेरै कार्यकालमा युरोप र अमेरिकासम्म आर.एको सेवा सुचारु गर्छु, यसमा मलाई सबैको साथ र सहयोग चाहिन्छ, सपना नदेखी केही पनि गर्न सकिँदैन्।’
त्यस्तै उनले आफ्नो कार्यकालमा कसरी पर्यटकको संख्या बढाउन सकिन्छ भनेर आफूहरुले विशेष रुपमा काम गर्ने समेत प्रतिबद्धता जनाए। उनले भने,‘अहिले नै यति संख्या वा उति लाख भनेर भन्नु भन्दापनि मेरो पूर्ण प्रतिबबद्धता कसरी पर्यटकहरु बढाउन सकिन्छ भन्ने नै हो।’ उनले नेपालको कला, संस्कृति, सभ्यता, पर्यटनलाई कसरी संरक्षण एवम् प्रर्वद्धन गर्न सकिन्छ भनेर आफू गम्भिर रहेको बताउँदै सोही अनुसार काम गर्ने समेत विश्वास दिलाए।
कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले पहिलो पटक मन्त्री बनेको भन्दै देश र जनताको पक्षमा काम गर्न मन्त्री गिरीलाई सफलताको शुभकामना दिए। उनले भने,‘मन्त्री बन्नुभएको छ, अब देश र जनताको लागि काम गर्नुहोस्, मुलुकको समस्याको समाधानको लागि संविधान कार्यान्वयन गराउने बाटोमा अघि बढाउनको लागि सफलताको शुभकामना छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वातावरण स्वच्छ राख्न विश्व साईकल यात्रा अभियान

२७ फाल्गुन २०७३, शुक्रबार १२:२९
सदरलाइनडटकम   २७ फागुन, काठमाण्डौं : विश्व साईकल यात्रा अभियान नेपालले राजधानीको वातावरण प्रदुषण निर्मुल गर्नको लागि साईकल यात्राको खाँचो रहेको बताएको छ । शुक्रबार रिपोर्टस क्लब नेपालमा विश्व साईकल यात्रा अभियान नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष ऋषि धमलाले प्रदुषर्णको उच्च जोखिमले जन–जीवन प्रभावित पारेको बताए । […]