लुम्बिनी प्रदेश मन्त्रिमण्डल विस्तार

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कृष्णा केसीले पद तथा गोपनियताको शपथ

सदरलाइन संवाददाता २१ जेष्ठ २०८१, सोमबार १८:३१
 

 

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोगबहादुर महराले आफ्नो मन्त्रीमण्डललाई पूर्णता दिएका छन् । पछिल्लो समय उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कृष्णा केसी ‘नमुना’ले पद तथा गोपनियताको शपथ ग्रहण गरेसंगै मन्त्रीमण्डलले पूर्णता पाएको हो ।


लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उनलाइ पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन । उनी बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित भएकी थिइन ।

गत बैशाख १२ गते मुख्यमन्त्री महराले मन्त्रीपरिषदको बिस्तार गरेपनि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय भने आफैसँग राखेका थिए । सत्ता समिकरण जोगाउन आवश्यकताका आधारमा आफैसँग जोगाएर राखेको मन्त्रालय प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै नमुनालाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

लामो समयदेखि पूर्णता पाउन नसकेको मन्त्रिपरिषदले मुख्यमन्त्री महराले आफुसँगै राखेका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारले पूर्णता पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

८ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

२१ जेष्ठ २०८१, सोमबार १८:३१
काठमाडौं : काठमाण्डौमा सम्पन्न पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन समापन भएको छ । मातृभाषाको पत्रकारिताको प्रवद्र्धनको लागि दक्षिणएसियाका पत्रकारहरुबीच साझा ऐक्यबद्धता र सहकार्य गर्ने सम्बन्धी ८ बुँदे घोषणापत्र पारितगर्दै समापन गरिएको हो । गत जेठ १९ गते ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र २० गते मध्यपुर थिमीमा भएको दुई […]