नेपालगञ्जमा सञ्चालित पूर्वाधार योजनाको अवलोकन

११ बैशाख २०७६, बुधबार १८:५९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : अविलम्व सञ्चालन हुन लागेका नेपालगञ्जका महत्वपूर्ण पुर्वाधार योजनाको बुधवार स्थलगत अवलोकन गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितसहितको टोलीले बुधवार विहान निर्माणाधिन अत्याधुनिक ल्याण्डफिलसाईट र बसपार्कको स्थलगत अवलोकन गर्दै आवश्यक जानकारी लिएको छ ।
नेपालगञ्ज उप–महानगरपालिका– २३ हिरमिनियामा निर्माणाधिन अत्याधुनिक ल्याण्डफिलसाईट र नेपालगञ्ज–४ स्थित बसपार्क निर्माण कार्यको अवस्थाबारे चासो राखिएको हो । नेपालगञ्जका प्रमुख डा. धवलशम्शेर राणासहित ल्याण्डफिलसाईट पुग्नु भएका मन्त्री पण्डितले ल्याण्डफिलसाईट निर्माण प्रक्रिया र फोहोर ब्यवस्थापन प्रविधीलगायतका विषयमा चासो राखेका थिए । क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाईमार्फत रम्की एण्ड एनएएनसी जेभी काठमाण्डौले निर्माण गरिरहेको छ । ल्याण्डफिल साईट केही दिनभित्रै सञ्चालनमा आउने गरि अन्तिम चरणको निर्माण कार्य भईरहेको प्रमुख डा. राणाले मन्त्री पण्डीतलाई जानकारी गराए ।
अवलोकन टोलीलाई साइट निर्माणको प्रगती, फोहर वर्गीकरण, व्यवस्थापन लगायतका विषयमा परामर्शदाता इन्जिीनियर प्रकाशराज शिवाकोटीले जानकारी गराएको थिए । अवलोकनपश्चात् मन्त्री पण्डितले निर्माण कार्य सन्तोषजनक रहेको भन्दै धन्यवाद दिए । इन्जिनियर शिवाकोटी अनुसार ल्याण्डफिल्ड साइट निर्माण कार्य भइसकेको र अबको केही दिनमै फोहर सङ्कलन गरेर परीक्षणको रूपमा सञ्चालन गरिनेछ । बातावरण तथा सरसफाई इञ्जिनियर डिसीका अनुसार– नेपालगञ्जमा दैनिक २५ देखि ३० टन फोहर जम्मा हुन्छ ।
ल्याण्डफिल्ड साइटमा दैनिक २६ टन फोहर भण्डारण गर्न सकिनेछ । साढे चार बिघामा निर्माणधिन बसपार्कको पनि फिनिसिङको काम मात्र बाँकी रहेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, नेपालगञ्ज उपमहानगरपालिकाका बातावरण तथा सरसफाई इञ्जिनियर प्रकाश डिसीलगायत पत्रकारको टोलीले अवलोकन गरेको थियो ।

Next Post

स्थानीय तहले अबदेखि शिक्षक नियुक्त गर्न नपाउने

११ बैशाख २०७६, बुधबार १८:५९
सदरलाइनडटकम, काठमाण्डौ : स्थानीय तहले अब शिक्षक नियुक्ति गर्न नपाउने भएको छ । संविधानले आधारभूत र माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिएपनि उक्त अधिकार केन्द्रले कटौती गरेपछि स्थानीय तह सो अधिकारबाट वञ्चित भएको हो । शिक्षा मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई परिपत्र जारी गर्दै सबै स्थानीय तहलाई करारमा […]