पुरुष क्रिकेटमा आर्मीका आलमको नयाँ कीर्तिमान

८ बैशाख २०७६, आईतवार १४:४५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत कोहलपुरमा जारी पुरुष क्रिकेट प्रतियोगिताको चौथौं दिन आइतवार त्रिभुवन आर्मी क्लवका सहाव आलमले नयाँ रेकर्ड कायम गरेका छन् । प्रदेश ३ का विरुद्ध मैदानमा उत्रिएको त्रिभुवन आर्मी क्लवका बलर आलमले ४ ओभरमा २ रन खर्चिदै ६ विकेट लिए । यो प्रतियोगिताअन्तर्गत हालसम्मकै उत्कृष्ट वलिङ हो ।
आइतवार सम्पन्न पहिलो खेलमा टस हारेर मैदानमा उत्रिएको प्रदेश ३ निर्धारित ओभर अगावै अलआउट भयो । प्रदेश ३ लाई आर्मीले १५ दशमलव १ ओभरमै प्याक गर्न सफल भए । प्रदेश ३ का लागि ओपनर ब्याट्सम्यान इशान पाण्डे र अदिल खानले २४ रनको साझेदारी गरे । पाण्डे र खानले ब्यक्तिगत १२–१२ रन जोडेपनि त्यसपछिका प्रायः सवै खेलाडी शुन्यमा पवेलिन फर्किए । प्रदेश ३ लाई अन्तिम १२ रन जुटाउन आफ्ना सबै विकेट गुमाउनु पर्यो ।
प्रदेश ३ लाई सस्तैमा समेट्ने क्रममा आर्मीका बलर सहाव आलमले ६ विकेट लिए । भने, कुशल मल्लले ३ र सुशान भारीले १ विकेट लिए । झिनो लक्ष्य पछ्याएको आर्मीले १० दशमलव १ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । राष्ट्रिय खेलाडीको वर्चश्व रहेको आर्मीका लागि हरिबहादुर चौहान र भिम सार्कीले अभिजित १७ र १५ रन जोडे । ओपनर राजु रिजालले ६ रन जोडे ।
प्रदेश ३ का नन्दन यादव र गौतम केसीले १÷१ विकेट लिए ।प्रतियोगिताको प्लेयर अफ द म्याच ६ विकेट लिएका त्रिभुवन आर्मी क्लवका सहाव आलम घोषित भए । कोहलपुर नगरपालिका–११ का वडाध्यक्ष कर्णबहादुर थापाले आलमलाई ट्रफी प्रदान गरे । प्रतियोगिता अन्तर्गत आइतवार दिउँसो २ बजे कर्णाली प्रदेश र प्रदेश १ मैदानमा उत्रिने छन् ।

Next Post

आठौंमा आर्मीको अग्रता कायमै, दोश्रोमा एपीएफ

८ बैशाख २०७६, आईतवार १४:४५
सदरलाइनडटकम, नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक जितेको छ । आर्मीले हालसम्म १४९ स्वर्ण मध्ये ६० स्वर्ण, ४१ रजत र ३५ कास्य पदकसहित कुल १३६ पदक हात पारेको छ । यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लव दोस्रो स्थानमा उक्लेको छ । उसले २५ स्वर्ण, […]

सम्बन्धित