दाङ : आँखा पाक्ने रोग फैलिएपछि दाङमा विद्यालय बन्द गरिएको छ । गढवा गाउँपालिकाले एक हप्ताको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा शाखाले एक सूचना जारी गरी केही दिनदेखि बढ्दै गएको आँखासम्बन्धी प्रकोपका कारण बालिबालिकामा हुन सक्ने जोखिम न्यूनीकरणका लागि विद्यालयमा पठनपाठन बन्द गर्न आग्रह गरेको छ ।
बालबालिकाहरूको आँखा चिलाउने पाक्ने र रातो हुने समस्या दिन प्रतिदिन गुणात्मक रूपमा वृद्धि भइरहेकोले उक्त समस्यावाट बालबालिकाहरूमा हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि विद्यालयहरू बन्द गरिएको छ ।
आँखा सम्बन्धित रोग बढ्दै जाँदा उपचारको लागि अस्पताल पुग्नेहरूको संख्या पनि बढ्दै गएको छ ।