आठौंमा आर्मीको अग्रता कायमै, दोश्रोमा एपीएफ

८ बैशाख २०७६, आईतवार १७:२२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक जितेको छ । आर्मीले हालसम्म १४९ स्वर्ण मध्ये ६० स्वर्ण, ४१ रजत र ३५ कास्य पदकसहित कुल १३६ पदक हात पारेको छ ।
यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लव दोस्रो स्थानमा उक्लेको छ । उसले २५ स्वर्ण, २२ रजत र ३१ कास्य गरी कूल ७८ पदक जितेको छ । नेपाल पुलिस क्लबले हालसम्म २४ स्वर्ण, २३ रजत र २३ कास्य पदकसहित कुल ७० पदक जित्दै एपीएफ भन्दा पछाडी परेको छ ।
चौथो स्थानमा रहेको प्रदेश ३ ले १० स्वर्ण, १८ रजत र ३४ कास्य पदक गरी ६२ पदक हात पारेको छ । पाँचौ स्थानमा आफ्नो नाम दर्ज गराएको सुदूरपश्चिम प्रदेशले ७ स्वर्ण, ५ रजत र १५ कास्यसहित २७ पदक जित्दा गण्डकी प्रदेशले ६ स्वर्ण १० रजत, २३ कास्य गरि ३९ पदक जित्न सफल भएको छ ।
सातौँ स्थानमा रहेको प्रदेश २ ले ६ स्वर्ण, ६ रजत र ६ कास्यगरि १८ पदकमा चित्त बुझाउनु परेको छ । आयोजक प्रदेश ५ ले ४ स्वर्ण, १२ रजत र २५ कास्य गरी ४१ मा सीमित भएको छ । भने प्रदेश १ ले ३ स्वर्ण, १० रजत र ३१ कास्यसहित ४४ र कर्णाली प्रदेशले २ स्वर्ण, १ रजत र २ कास्यसहित ५ पदक जितेको छ । प्रतियोगितामा एनआरएनले २ स्वर्ण र ३ कास्यमा चित्त बुझाउनु परेको छ ।


Next Post

सामुदायिक वनको अध्यक्षमा बिजय विजयी

८ बैशाख २०७६, आईतवार १७:२२
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३, ४ र ५ स्थित गोकुल सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा बिजय यादव बिजयी हुनुभएको छ । शनिवार राति अवेर सार्वजनिक भएको मतपरिणामअनुसार यादव प्यानलसहित बिजयी हुनुभएको हो । निर्वाचन संयोजक महेन्द्र शाहीका अनुसार यादवले आफ्ना प्रतिद्धन्द्धी बडेलाल यादवलाई १५ मतान्तरले […]