नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ दाङका ३५ वर्षीय पुरुषको शुक्रवार राती ८ बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।
योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ४० र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय ३२ जनाको मृत्यु भएको छ ।