सदरलाइनडटकम
२९ मंसिर, नेपालगन्ज : बिहिवारबाट सुरु भएको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा शुक्रबारको साहित्य बिशेष कार्यक्रममा एकै पटक पा“च वटा साहित्यीक कृतिहरु बिमोचन भएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जिवेन्द्रदेव गिरी, पूर्व सदस्य सचिव सनत रेग्मी लगायतका अग्रज स्रष्टाहरुले हरि तिमिल्सेनाको समदृष्टि समालोचक, जगत तिमिल्सेनाको सिंजा राज्यमा देउडा, इन्द्र भण्डारीको फटुकी उपन्यास, भरत रानाभाटको जिन्दगीका यात्राहरु, भोजराज ढकालको अगुंली माला कृति बिमोचन गरे ।
उक्त कार्यक्रममा बोल्दै प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जिवेन्द्रदेव गिरीले महोत्सवहरुमा साहित्यीक कार्यक्रम समेत आयोजना गरेर बा“केले नमुनारुपमा आफुलाई प्रस्तुत गरेको भन्दै धन्यबाद दिए । गिरीले यस्ता कार्यक्रमले साहित्यकारहरुलाई उत्साहित बनाउने बताए । कार्यक्रममा चर्चित साहित्यकारहरु अमर शाह, मनोहर लामिछाने, राजेश्वर शर्मा लगायतले साहित्यका बिषयमा चर्चा गरेका थिए ।
प्रज्ञा प्रतिष्ठानका सदस्य हरि तिमिल्सेना र केशव सिग्देलले साहित्यका बिभिन्न पक्षका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा अध्यक्षता गरेका पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका महासचिव नवनिधी पन्तले साहित्यलाई प्रोत्साहन गर्नका लागि शैक्षिक महोत्सवमा पनि साहित्यीक कार्यक्रमहरु आयोजना गरिएको बताए ।
कार्यक्रममा महोत्सव साहित्यीक उपसमितिका संयोजक ऋषीराज शर्माले स्वागत मन्त्ब्य गरेका थिए भने लेखराज प्याकुरेलले सन्चालन गरेका थिए । साहित्यीक कार्यक्रम अन्र्तगत शनिवार महिला स्रष्टाहरुको छुट्ै कार्यक्रम सन्चालन हुनेछ । उक्त कार्यक्रममा साहित्यकारहरु हरिमाया भेट्वाल, उमा काफ्ले, डा. बिन्दु शर्मा र शान्ता दाहालको सहभागिता रहनेछ ।
यसैगरी महोत्सव मै रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल पुस्तक तथा स्टेशनरी बजार प्रतिनिधि संघले रक्तदान कार्यक्रम गरेको थियो । रगत अभाव हुन नदिनका लागि ३९ जनाले रक्तदान गरेको उपाध्यक्ष रविप्रसाद शर्माले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथी पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष प्रभात सुवेदी, महोत्सव मुल आयोजक समितिका संयोजक बुद्धि प्रसाद अधिकारी लगायत थिए ।