नेपालगञ्जमा चुराको गोदाममा आगलागि हुँदा एकको मृत्यु एक घाइते, आगलागि कै क्रममा विष्फोट

सदरलाइन संवाददाता १३ कार्तिक २०७९, आईतवार ०९:१०
 

नेपालगञ्ज : नेपालगञ्जमा आइतबार बिहान चुराको गोदाममा आगलागि भएको छ । सो आगलागिका कारण एक जनाको मृत्यु हुनुको साथै एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँके प्रहरीका अनुसार आइतबार बिहान करिव ५ः४०को समयमा नेपालगञ्ज–५ रामनगरमा रमेशकुमार नागको घरमा मो आरिफ अन्सारीले भाडामा लिएको सो चुराको गोदाममा एक्कासी आगलागी भएको थियो । सो घटनामा परेर घाइते भएका अन्सरीको भेरी अस्पतालमा उपचार भई रहेको र उनी खतरा मुक्त रहेको जनाईएको छ ।

बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले सो घटनामा परेर अन्सारीकै साला पर्ने बर्दिया मधुवन नगरपालिका–८ बस्ने २३ वर्षिय समिर वलीको मृत्यु भएको जानकारी दिए ।


आगलागिको घटनामा परेर गम्भीर घाइते भएका वलीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो । मृतक वली शनिबार भेटघाटको क्रममा सो गोदाममा आएको बुझिएको छ ।

आगलागि भएको घरमा ठूलो विष्फोट समेत भएको छ । विष्फोटको कारण घरमा समेत क्षति भएको छ । भने के कारणले विष्फोट भयो भन्ने कारण समेत खुल्न सकेको छैन ।

बिहान ५ः४० मा लागेको आगो स्थानीय प्रहरी, सशस्त्र प्रहरी, नेपालगञ्ज उपमहानगरपालिकाको दुईवटा दमकल र स्थानीयको सहयोगले साढे ६ बजे पूर्णरुपले नियन्त्रणमा लिन सफल भएको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगलागि र विष्फोटको कारण खोज्दै बाँके प्रहरी

१३ कार्तिक २०७९, आईतवार ०९:१०
नेपालगञ्ज  : आइतबार बिहान नेपालगञ्जको रामनगरमा रहेको चुरा गोदाममा आगलागि हुँदा ठूलो विष्फोट समेत भएको छ । विष्फोटका कारण गोदामघर पूर्णरुपले क्षति भएको छ । सो घटनामा परेर एक जनाको ज्यान गएको छ । चुराको गोदाममा भएको आगलागिको कारण खोज्न प्रहरीले अनुसंन्धानमा जुटेको जनाएको छ । प्रहरी स्रोतका अनुसार घटनास्थलमा […]