सदरलाइनडटकम,
नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसको हलमा जारी आईटिएफ तेक्वान्दोमा प्याट्रन समुहका दुई खेलको नतिजा सार्वजनिक भएको छ ।
आईटिएफ तेक्वान्दोका अन्जान धमलाले दिएको जानकारी अनुसार निलो पेटी समुहको पुरुषमा प्रदेश ३ का शिशिर राईले स्वर्ण र प्रदेश ५ का सोनु केवटले रजत पदक जिते ।
यसैगरी महिला तर्फ विभागिय टिम नेपाल सेनाकी सुश्मिता श्रेष्ठले स्वार्ण र एपिएफकी सुनीता गुरुङ्गले रजत पदक जित्न सफल भएकी छन् ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)