दशगजामा बितेका ४८ घण्टादेखि १६३ नेपाली अलपत्र, स्थानीय प्रशासन मुकदर्शक

१८ चैत्र २०७६, मंगलवार २०:१७
 

सदरलाइन / रुद्र सुवेदी
नेपालगञ्ज  : कोबिड–१९ (नोबल कोरना) भाईरसको संक्रमण फैलन नदिन आव्हान गरिएको लकडाउनको कारण भारतमा आफु कार्यरत रहेको ठाँउबाट निकालिएका नेपाली नागरिकको बितेको ४८ घण्टादेखि दशगजामा बिचल्ली भएको छ ।

भारतका विभिन्न ठाउँबाट मजदुरी गरि फर्किएका १ सय ६३ जना नेपाली कामदारहरु यतिखेर नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा बिचल्लीमा परेका छन ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरसङ्ग सिमाना जोडिएको नेपाल–भारत सिमाक्षेत्रको दशगजाको खुला आकाशमुनी ५ नाबालक, तीन महिला, एक नेत्रहीन पुरुष सहित १ सय ६३ जना नेपाली नागरिक अहिले उद्दारको पर्खाइमा छन ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५ नम्बर प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने र ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपीनको व्यवस्था गर्ने भनेर पहिलो बुदामै उल्लेख भए पनि बाँकेमा भने सो पालना भएको छैन ।

प्रदेश सरकारले निर्णय गरेको भए पनि उनीहरुको उद्दारमा स्थानीय प्रशासनले ‘माथिको आदेश छैन’ भन्दै दिउसोको टन्टलापुरे घाम र रातीको शितमा पानी, विजुली र शौचालय नै नभएको ठाँउमा रुखमुनी राज्य बिहीन झै बस्न बाध्य बनाईएको छ ।


बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले उनीहरुलाई दशगजामा नै क्वारेन्टाईनमा राख्ने व्यवस्था गरिएको बताए पनि दशगजामा कुनै पनि क्वारेन्टाईन त परको कुरा उनीहरु झण्डै तीनदिनदेखि खुुला आकाशमुनी समय कटाउन बाध्य छन ।

दशगजामा बिचल्लीमा परेकालाई भारतीय प्रहरीले बेग्ला बेग्लै झुण्ड बनाई रातको समयमा नेपालको चोर नाकाबाट नेपाल प्रवेश गराएको बताउँछन् उनिहरु । नाका पार गरेर नेपाल प्रवेश गरेका उनिहरुलाई नेपालगन्जको विभिन्न क्षेत्रबाट स्थानीय, जनप्रतिनिधि तथा प्रहरीले समातेर त्यहाँ पुन दशगजामै पुराएका थिए ।

रातभर सीमा क्षेत्रबाट हिडेर नेपालगञ्ज–१७ ढोडेगाउमा पुगेका ४९ जनालाई बिहानको खाजा र खानाको व्यवस्था नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर र वडा नम्बर १६ का अध्यक्ष अजय पाठकले गरेका थिए ।

आफुले उनिहरुलाई चाहेर पनि नेपाल प्रवेश गराउन नसकेको बताउछिन नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर । उनले खाना, खाजा र पानीको व्यवस्थापन भन्दा अरु केही गर्ने आफुसङ्ग अधिकार नभएको बताईन ।

उनका अनुसार यसरी बिचल्लीमा परेकाहरुमा बाँकेका २७, बर्दियाका १४, दाङका ३१, सल्यानका ९, जुम्लाका १५, सुर्खेतका ७, डोल्पाका ३, अछामका ५, प्युठानका २, रोल्पाका १३, रुकुमका १०, सप्तरीका १, उदयपुरका १, स्याङ्जाका २, दैलेखका १०, झापाका ५, रुपन्देहीका १, नवलपरासीका २, मुगुका २ र अर्घाखाँचीका १ जना रहेका छन । बिचल्लीमा परेका मध्येमा एक जना दृष्टिबिहिन, पाँच जना ५ बर्ष मुनिका बालबालिका र तीन महिला रहेका छन ।

Next Post

स्वस्फूर्त निर्माण गरिएको कोबिड–१९ रिलिफ फण्ड बाँकेकेले पूर्णता पायो

१८ चैत्र २०७६, मंगलवार २०:१७
सदरलाइनडटकम, नेपालगञ्ज  :  विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि आव्हान गरिएको लकडाउनका कारण प्रभावितलाई सहयोग पुराउने उद्देश्यले स्वस्फूर्त निर्माण गरिएको कोबिड–१९ रिलिफ फण्ड बाँकेकेले पूर्णता पाएको छ । पाँच नंम्बर प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले स्वस्फूर्त रुपमा आव्हान गरेको अभियानले मूर्तरुप लिदै १३ सदस्यीय समिति निर्माण गरिएको हो […]