सल्यानमा एक युवकको शव भेटियो

५ बैशाख २०७६, बिहीबार १७:३७
 

सदरलाइनडटकम,
सल्यान : कपुरकोट गाउँपालिका ६ खोलिगाउँमा एक युवक मृत फेला परेका छन् । मृत अवस्थामा फेला परेका व्यक्ति खोलिगाउँका ४३ वर्षीय फौद बहादुर भण्डारी रहेको र उनको हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । उनको शव कपुरकोट ५ रिमको तिनडाँडा भन्ने स्थानमा फेला परेको थियो ।
टाउकोमा गहिरो चोट लागेको अवस्थामा मृत फेला परेको प्रहरी चौकी कपुरकोटका इन्चार्ज सई सुरेन्द्र बुढाथोकीले बताउनुभयो । उनको बुधवार राति हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतकको परिवारको कोही पनि सम्पर्कमा नआएको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Next Post

स्वदेशमै रोजगारी दिने सरकारको तयारी

५ बैशाख २०७६, बिहीबार १७:३७
सदरलाइनडटकम, दाङ : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिदेश जतिकै पसिना बगाए नेपालमा दोब्बर आम्दानी गर्न सकिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सदस्य लक्ष्मण आचार्यकी आमा तुलसीपुर १२ निवासी पुस्करादेवी आचार्यको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताए […]