सदरलाइन / रुद्र सुवेदी,
नेपालगञ्ज : नेपालगञ्ज–१ खजुरा रोडका ४४ वर्षिय अब्दुल रसिद हल्वाई अघिअघि उनी पछिपछि दुखको पहाडले पछाउदै हिडे जस्तै भएको छ । हुन त समाजमा धेरै अब्दुल रसिद छन् तर, केही गर्छु भनेर पाईला चाल्दा नचाल्दै दुई पाईलामा नै पटक–पटक ठेस लागेर लड्न पुग्ने अहिले उनी मात्रै देखिएका छन् ।
५ छोरी, १ छोरा र श्रीमतीको सुखको लागि डेढलाख ऋण सापटी गरी बैदेशिक रोजगारमा जानको लागि एक महिना अघि काठमाण्डौ विमानस्थल पुगेका उनको विमानस्थलबाटै भिसा सहतिको राहदानी समेत उनी भन्दा अगाडि नै वेपत्ता भएपछि निरास भएर घर फर्केका उनीमाथि बुधबार राती फेरी अर्को बज्रपात बज्रन पुग्यो ।
डेढ लाख खर्चेर बैदेशिक रोजगारको लागि साउदी जान हिडेका उनी विमानस्थल नपुग्दै टिकट, राहदानी भिसा र साथको झोला हराएर विमानस्थलको मुख्य ढोकाबाटै फर्केको महिना दिन नपुग्दै उनले ऋणसापटी गरी किनेको अटो बुधबार राती पार्किङ्ग गरेकै ठाँउमा अज्ञात समूहले आगजनी गरि दिएपछि उनीमाथि ठूलो बज्रपात खसेको हो ।
‘बिदेश जानको लागि घरबाट विदाबारी भएर काठमाण्डौ पुगे एयरपोर्ट नपुग्दै टिकट, राहदानी र झोला चोरी भयो सबै आफन्तको सहयोगले पुन रोजगारी सुरु गरेको थिए त्यसमा पनि दैबको आँखा परेछ’–जलेको अटोरिक्सा देखाउदै उनले भने ।
बैदेशिक रोजगारको लागि उनले ऋण सापट गरी डेढलाख तिरेका उनले अटो रिक्साको लागि पनि सबै ईष्टमित्रसंग सरसापट र ऋणगरी डेढलाख मै एक साता अघि मात्र अटो रिक्सा खरिद गरेका थिए ।
उनी संगै रहेका अब्दुल लतिफ हल्वाईको (चेकसर्ट) चारवटा अटो रिक्सा आगजनीमा परेका छन् । नेपालगञ्जको होलिका सहकारीबाट ऋणमा प्रति रेक्सा डेढलाखका दरले किनेर सञ्चालन गरेको उनले सोही रेक्साको आम्दानीले दुई छोरा एक छोरी र श्रीमान श्रीमती गरी पाँच जनाको परिवारको भरणपोषण गर्दै आएकोमा सबै अटो रिक्सामा आगो लगाईएपछि ऋण कसरी तिर्ने र परिवारको पालन पोषण कसरी गर्ने चिन्ताले सताएको बताए ।
उनले भने–‘अझै पनि अढाई लाख सहकारीको तिर्न बाँकी छ त्यो कसरी तिर्ने हो ? परिवारको भरण पोषण कसरी गर्ने कमाईको श्रोत यै अटो रिक्सा नै थिए अब कसरी गुजारा गर्ने हो ।’
गत बुधबार राती धम्बोझी चोकबाट खजुराजाने बाटोमा नेपाल राष्ट्र बैंकको पर्खाल सकिने वित्तिकै पार्किङ्ग गरेर राखेको भे १ ह १२२०, भे १ ह २३३९, कोनपा १५५, जमुनि गाविस २२९ र रनियाँपुर गाविस ८६ नंबरको अटोरिक्सामा मट्टितेल छर्केर आगजनी भएको थियो । सो घटनाको बारेमा प्रहरीले अनुसंधान जारी राखेको जनाएको छ ।
फोटो : सेतो ज्याकेटका अब्दुल रसिद चेक सर्टमा अब्दुल लतिफ हुन
याे पनि पढाै https://sadarline.com/?p=22763