सदरलाइनडटकम,
काठमाण्डौ : भारतको स्वशासित क्षेत्र जम्मुकश्मिरमा फेरि गोली हानाहान भएको छ । गोली हानाहानमा चारजना भारतीय सेना मारिएका छन् भने एक जना घाइते भएका छन् ।
पुलवामा जिल्लामा विद्रोहीहरु लुकेर बसेको भन्ने सूचनाको आधारमा सैनिक त्यसतर्फ गएको थियो । सोही समयमा गोली हानाहान भएको हो । केही दिनअघि जम्मु कश्मिरमै विद्रोहीको आक्रमणबाट ४० जना भारतीय सुरक्षा फौज मारिएका थिए ।
आईतवार भएको आक्रमणमा पनि भारतीय सेनाका मेजरको मृत्यु भएको थियो । विहीवार सुरक्षा फौजको टुकडीमा भएको आक्रमणपछि विद्रोहीमाथि निगरानी तथा कारबाहीको सिलसिला बढाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
(एजेन्सी)
