राष्ट्रिय खेलकुदको आज उद्घाटन हुने

५ बैशाख २०७६, बिहीबार १५:१२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज रङ्गशालामा बिहीवार ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन हुदैछ । राष्ट्रिय खेलकुदको बिहिवार साँझ ५.३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
प्रतियोगिताको उद्घाटनको सम्पूर्ण तयारी पुरा भएको छ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले जानकारी दिए। खेलकुदमा ७ प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा एनआरएन गरी ११ टोलीका खेलाडीबीच प्रतिष्पर्धा भईरहेको छ । प्रतियोगितामा पाँच हजार २११ खेलाडी सहित प्रशिक्षक, ब्यवस्थापक, अफिसियसल, रेफ्री सङ्घ प्रतिनिधी गरी ११ हजारको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन बिहीवार हुने भएपनि चैत २७ गतेदेखि नै खेलहरु शुरु भईरहेका छन् । खेलकुद बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देहीमा भईरहेको छ । केही खेल काठमाडौं, ललितपुर र पोखरामा पनि खेल भईरहेका छन् । ओलम्पिक टर्च लाईट बिहीवारनै बेलुकी नेपालगञ्ज रंगशाला पुग्नेछ ।

Next Post

सल्यानमा एक युवकको शव भेटियो

५ बैशाख २०७६, बिहीबार १५:१२
सदरलाइनडटकम, सल्यान : कपुरकोट गाउँपालिका ६ खोलिगाउँमा एक युवक मृत फेला परेका छन् । मृत अवस्थामा फेला परेका व्यक्ति खोलिगाउँका ४३ वर्षीय फौद बहादुर भण्डारी रहेको र उनको हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । उनको शव कपुरकोट ५ रिमको तिनडाँडा भन्ने स्थानमा फेला परेको थियो । टाउकोमा गहिरो चोट […]