बाघले बेपत्ता बनाएको पुरुषको शव भेटियो

सदरलाइन संवाददाता २६ आश्विन २०७८, मंगलवार १३:१४
 

नेपालगञ्ज : बर्दियामा पाटे बाघको आक्रमणबाट बेपत्ता भएका पुरुषको शव भेटिएको छ । पाटे बाघले बेपत्ता बनाएको ४० वर्षका जनकबहादुर थारुको शव सोमवार राति साढे ११ बजे बर्दिया राष्ट्रिय निकुञ्ज नजिक गेरुवा गाउँपालिकाको गोर क्षेत्रमा फेला परेको हो ।


सोमवार दिउँसो गेरुवा गाउँपालिका–४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा पाटे बाघले आक्रमण गरी थारुलाई बेपत्ता पारेको थियो । थारुलाई बाघले लगेलगत्तै बर्दिया निकुञ्जका चार वटा हात्तीसहितको टोलीले खोजी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा विङ्गर दुर्घटना, १२ जना घाइते

२६ आश्विन २०७८, मंगलवार १३:१४
कैलाली : कैलालीको गौरीगङ्गा नगरपालिका वडा नम्बर ४ राजीपुरमा विङ्गर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । धनगढीबाट टिकापुरको लागि छुटेको विङ्गर मोटरसाईकलसंग ठोकिएको थियो । से १ ज ११०५ नम्बरको विङ्गर र से ६ प ५०२ नम्बरको मोटरसाइकल ठोक्किदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी […]