विभिन्न टोलमा जनमत पार्टीद्वारा समिति गठन

सदरलाइन संवाददाता ७ कार्तिक २०७७, शुक्रबार १०:०६
 

नेपालगञ्ज : जनमत पार्टी बाँकेले संगठन निर्माणलाई तीव्रता दिँदै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २३ जङ्गलीपुर्वामा ११ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । सिराज तेलीको अध्यक्षतामा गठन गरिएको कमिटीमा अनवर अलि बेहना, दिलदार बाबू नाउँ, लल्लु बेहना, अजमेर बेहना, नजर अलि बेहना, मुबारक शेष, सलीम शेष, फरमाने शेष, जमालुद्दीन बेहना सदस्य रहेको केन्द्रीय नेता इरफान शेषले जानकारी दिए ।

यस्तै जिल्ला सदस्य नाजमा बागवान र महिला जनमत संघका नेतृ जोया शेषको प्रमुख उपस्थितिमा वडा नं. १० मा चौलिका टोलमा सबिया अंसारीको अध्यक्षतामा ७ सदस्यीय टोल समिति गठन गरिएको छ । सदस्यहरुमा फातमा राई, फूलबेगम शेष, मोहम्मद आरिफ, आरफान शेष, सरिफुन सिद्दिकी र शरवरी सिद्दिकी रहेका छन् ।


यस्तै डुडुवा गाउपालिका अध्यक्ष शेष अब्दुल वाहिद शेषको उपस्थितीमा डुडुवा वडा नं. ६ अहिरापुरमा उमाशंकर सिंह चौहानको अध्यक्षतामाम ११ सदस्यीय गाउँ समिति गठन गरिएको छ । जसमा जोगेन्द्र सिंह चौहान, राम करण सिंह, नन्हे सिंह, श्रवण सिंह, अवधेश सिंह, रमेश सिंह, वरम प्रकाश सिंह, समदेव सिंह चौहान, सोनू सिंह ठाकुर र पारस नाथ सिंह सदस्य रहेका छन् ।

कार्यक्रममा वक्ताहरुले जनमत पार्टीबाहेक सबै पार्टी मधेशलाई ठगि गरेकोले अब मधेशी जनता सामू जनमतबाहेक कुनै बिकल्प नरहेको बताएका थिए ।

Next Post

भेरी अस्पताल परिसरमा २० रुपैयामा पेटभरी खाना

७ कार्तिक २०७७, शुक्रबार १०:०६
नेपालगञ्ज : नेपालगञ्जको भेरी अस्पताल परिसरमा अस्पतालमा आउने विरामीका कुरुवा, विपन्न व्यक्तिलाई लक्षित गरी २० रुपैयामा एक छाक खाना पाउने व्यवस्था सञ्चालनमा ल्याईएको छ । सो सेवाको एक समारोहका बीच उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरका मेयर डा. धवल शम्शेर राणाले भेरी अस्पतालमा उपमहानगरसंगको सहकार्यमा सुरु गरिएको यो कार्यक्रम दुबै समय सञ्चालनमा […]

सम्बन्धित