नेपालगञ्ज : नेपालगञ्जको वाटरपार्कमा जारी सातौं प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवंम पर्यटन महोत्सवमा शनिबार चर्चित ¥यापर डोङ्ग सहितका कलाकारको प्रस्तुती रहने छ ।
महोत्सवको पाचौं दिन डोङ्गसंगै चर्चित लोक दोहारी गायिका टिका पुन, नृत्यङ्गना आरुसी मगर तथा गायिका रुपा घर्तीमगरको प्रस्तुती रहने झाँकी तथा कला संस्कृति व्यवस्थापन उपसमितिका संयोजक अमृत सिग्देलले जानकारी दिए । सिग्देलका अनुसार राष्ट्रिय कलाकारहरुसंगै स्थानीय कलाकारको समेत बेजोड प्रस्तुती रहनेछ ।
गत चैत्र ६ गतेदेखि सञ्चालन भएको महोत्सवको चौथो दिन शुक्रबार दर्शकको उत्साहपूर्ण सहभागिता देखिएको थियो । यसअघि बिहीबार ज्योती मगरको बेजोड प्रस्तुतीले महोत्सव स्थल तातिएको थियो ।
दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुती हेर्न आउने दर्शकको संख्या बढ्दै गएको महोत्सव आयोजकले जनाएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति(महिला उद्यमी समिति) बाँकेकी अध्यक्ष मधुकुमारी खड्काले लगातार विदा परेकाले दर्शकको उपस्थिती आगामी दिनमा झनै बढेर जाने बताईन ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)
धम्बोझी, वाटरपार्क, विशालनगर, चेजनगर, कारकाँदो, पुष्पलाल चोक लगायतको क्षेत्रबाट स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । महोत्सव हेर्न आएका दर्शकले घरअगाडी साँझसम्म सञ्चालनमा रहेको महोत्सवमा सपरिवार आउँदा छुट्टै अनुभूति भएको प्रतिक्रिया दिए । राती ८ बजेसम्म चल्ने महोत्सवको सांगतिक कार्यक्रम कुनै कन्सर्ट भन्दा कम छैन ।
डिजे लाईट र दमदार साउण्ड सिस्टमका साथ कलाकारले आफ्नो प्रस्तुती राख्दा कन्र्सट आयोजना गरिएको जस्तो महसुस भएको महोत्सव स्थल पुगेका दर्शकको प्रतिक्रिया छ ।
महासंघ बाँकेका खड्काका अनुसार महोत्सवमा १७५ स्टल बुक भइसकेकाछन् । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेकाछन् ।
महोन्सव अवलोकनका लागि टिकटको मूल्य १०० राखिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएकोछ । साथै महोत्सवमा विहान १० बजेदेखि नै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ ।
शुक्रबारको महोत्सव पुरुषोत्तम सापकोटा र रुपा घर्तीमगरको जोडीले सञ्चालन गरेको थियो । भने शनिबार हुने महोत्सवको सञ्चालन तिलक गाउँले तथा रुपा घर्तीमगरले गर्नेछन् ।