प्रेमविवाह गरेकी युवतीको रहस्यमय मृत्यु

२ बैशाख २०७६, सोमबार १८:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : करीब ६ महिनाअघि प्रेमविवाह गरेकी एक युवतीको नेपालगञ्जमा रहस्यमय मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १२ भृकुटिनगर निवासी स्वस्तिका लिम्वु आइतवार घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
मुकेश भन्ने आयुष बुढाक्षेत्रीसँग प्रेमविवाह गरेकी लिम्बुको श्रीमान्ले नै हत्या गरेको राँझामा रहेका माइती पक्षले आरोप लगाएको छ । लिम्बुको शरीरमा कुटपिटको नीलडाम देखिएको दाबी गर्दै माइती पक्षले उनको श्रीमानमाथि कारबाही गर्न प्रहरीसमक्ष आग्रह गरेको छ । उनको हत्या भएको भन्दै माइती पक्षले कारवाहीका जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रर्दशन गरेका छन् । प्रर्दशनका कारण जिल्ला प्रहरीमा तनाव भएको थियो ।
माइती पक्षले श्रीमानले नै लिम्बुको हत्या गरेको भन्दै कारवाहीको माग राखेर प्रर्दशन गरेका थिए । श्रीमानले पटकपटक छोरीलाई कुटपिट गर्ने गरेको मृतकको आमाले बताइन् । नयाँ बर्षको दिन बिहान छोरीले माइत आउँछु भनेको भन्दै उनकी आमाले मध्यान्ह १२ बजे श्रीमानले आउन नदिएको फोनबाट जानकारी गराएको बताइन् । लगत्तै छोरीको मोवाइल स्विचअफ भएको उनले जानकारी दिइन् ।
आफुहरु दिउँसो ३ बजे खबर पाएको भन्दै मृतक लिम्बुका फुफाजु दिपक भण्डारीले गएर हेर्दा छोरीको शव भुईंमा सुताएको अवस्थामा भेटाएको बताए । यता बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले आयुषलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जानकारी दिए । घटनाका विषयमा ससुराली पक्षसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

Next Post

नेपालगञ्जको स्वास्थ्यमा आठ प्रतिशत सुधार

२ बैशाख २०७६, सोमबार १८:५०
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालित मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य परियोजनाले स्वास्थ्यमा ८ प्रतिशत सुधार भएको देखिएको छ । सोमवार नेपालगञ्जमा आयोजित परियोजनाको समापन बैठकमा प्रस्तुत तथ्याँकले कार्यक्षेत्रमा करीब ८ प्रतिशत बढि स्वास्थ्यमा सुधार भएको देखिएको हो । बैठकमा संस्थाले स्वास्थ्य क्षेत्रमा गरेको कार्यक्रमअनुसार देखिएका उपलब्धीहरु समेत प्रस्तुत गरेको […]