नेपालगञ्जको स्वास्थ्यमा आठ प्रतिशत सुधार

२ बैशाख २०७६, सोमबार १९:०८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालित मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य परियोजनाले स्वास्थ्यमा ८ प्रतिशत सुधार भएको देखिएको छ । सोमवार नेपालगञ्जमा आयोजित परियोजनाको समापन बैठकमा प्रस्तुत तथ्याँकले कार्यक्षेत्रमा करीब ८ प्रतिशत बढि स्वास्थ्यमा सुधार भएको देखिएको हो ।
बैठकमा संस्थाले स्वास्थ्य क्षेत्रमा गरेको कार्यक्रमअनुसार देखिएका उपलब्धीहरु समेत प्रस्तुत गरेको थियो । परियोजनास्थलमा स्वास्थ्य संस्था तथा समुदायस्तरमा गुणस्तरीय मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवाको उपलब्धतामा बृद्धि, स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समुदायमा सेवाको प्रयोग दरमा बृद्धि र पहुँच बाहिर रहेकालाई समेट्ने रणनीतिलाई प्रभावकारीरुपमा कार्यान्वयनका निम्ति स्वास्थ्य प्रणालीको सुदृढिकरणमा सहयोग पुगेको बताइएको छ ।
कार्यक्रममा नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणाले स्वास्थ्य क्षेत्रको विकासका लागि सबै लाग्नुपर्ने बताए । उनले बिभिन्न परियोजनाले आफुअनुसार कार्य गर्ने गरेपनि स्वास्थ्यको जिम्मेवारी लिएकाहरु बढि सक्रिय बन्नुपर्नेमा जोड दिए । त्यस्तै जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले जनप्रनिधि आइसकेकाले स्वास्थ्यको जिम्मा स्थानीय तहले लिनुपर्ने बताए । भौतिक विकाससंगै स्वास्थ्य क्षेत्रको पनि विकास गर्नुपर्ने धारणा राख्दै उनले संस्थाले गर्दासम्म मात्र सक्रिय नभएर त्यसपछि पनि जनप्रतिनिधिले जिम्माले लिएर स्वास्थ्यलाई सहज र गुणस्तरीय बनाउनुपर्ने बताए ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हरिहर तिवारीले स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले सबैको सचेतना आवश्यक भएकोमा जोड दिए । त्यस्तै गैरसरकारी संस्था महासंघ प्रदेश ५ की केन्द्रीय सदस्य नेत्रकला शाही, परियोजना क्षेत्रअन्तर्गत जानकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गिरबहादुर गुरुङ्ग, डुडुवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धन बहादुर बुढालगायतले कार्यक्रमले समुदायमा सकारात्मक सहयोग पुर्याएको बताए । मातृ, वनजात शिशु तथा बाल स्वास्थ्यका लागि सहयोग भएको भएपनि दिगो बनाउन आवश्यक रहेको भन्दै उनले सुझाव समेत दिए ।
सेफ द चिल्ड्रेनको सहयोगमा सामाजिक बिकास मंच बाँकेले नेपालगञ्ज उपमहानगरपालिकाको ६ वटा, जानकी गाउँपालिकाको ३ वटा र डुडुवा गाउँपालिकाको १ वटा वडामा दुई वर्ष ४ महिना अवधिको स्वास्थ्य परियोजना सञ्चालन गरेको परियोजना अधिकृत रोशनकुमार थापाले जानकारी दिए ।

Next Post

कारवाहीको माग गर्दै नेपालगञ्जमा प्रदर्शन

२ बैशाख २०७६, सोमबार १९:०८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगरकी १९ बर्षीय स्वस्तिका लिम्बुको हत्यारालाई कारवाहीको माग गर्दै मंगलवार नेपालगञ्जमा प्रदर्शन गरिएको छ । करीब ६ महिनाअघि प्रेमविवाह गरेकी स्वस्तिकाको मृत्यु रहस्यमय भएको भन्दै परिवारले हत्यारामाथि कारवाहीको माग गर्दै माइती पक्षले नेपालगञ्जमा प्रदर्शन गरेका हो । उनीहरुले धम्बोझी चोकदेखि खजुरा रोडस्थित […]