सदरलाइनडटकम,
सुर्खेत : कर्णाली प्रदेशका आधाभन्दा बढी बालबालिकाको उमेर नपुग्दै विवाह हुने गरेको खुलासा भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार, ५२ प्रतिशत बालविवाह हुने गरेको छ । सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार, ५२ प्रतिशत बालबालिकाको उमेर नपुग्दै बिहे भएको छ ।
अझ प्रदेशको रुकुम ९पश्चिम० र दैलेखमा सबैभन्दा बढी ७१ प्रतिशत बालविवाह हुने गरेको पाइएको छ । सबैभनदा कम डोल्पामा ५० प्रतिशत बालविवाह हुने गरेको तथ्यांकले देखाएको छ । यहाँका ४६ प्रतिशत बालबालिकाले १५ देखि १९ वर्ष उमेर समूहमा विवाह गर्ने गरेका छन् ।
आर्थिक विपन्नता, सामाजिक र सांस्कृतिक प्रचलनका कारण बालविवाह हुने गरेको जनाएको छ । त्यस्तै, कानुनको प्रभावकारी कार्यान्वयनको अभाव, गुणस्तरीय शिक्षा र शैक्षिक वातावरणको कमीले पनि बालविवाह हुने गरेको यस क्षेत्रमा कार्यरत अभियन्ताले बताएका छन् ।
बालबालिकाप्रति उदासिन राज्य व्यवस्था र बालसंरक्षणको संगठनात्मक संरचना नभएका कारण पनि कर्णालीमा बालविवाह न्यूनीकरणमा समस्या भएको बालबालिकाको क्षेत्रमा काम गरिरहेको सेभ द चिल्ड्रेनका बाल संरक्षण संयोजक बाले विश्वकर्माले बताए । पछिल्लो समय बालबालिकाले स्वेच्छिक विवाहले पनि बालविवाह न्यूनीकरणमा चुनौती थपिएको जनाइएको छ ।