प्रधानमन्त्रीका सल्लाहकार र स्वकिय सचिवलाई कोरोना

सदरलाइन संवाददाता १७ आश्विन २०७७, शनिबार १८:४०
 


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको पीसीआर परीक्षणमा मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापाको पोजेटिभ आएको हो ।


यसैगरी प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीलाई पनि संक्रमण पुष्टि भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । एनटिभि अनलाइनबाट

Next Post

कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

१७ आश्विन २०७७, शनिबार १८:४०
नेपालगञ्ज : कोरोनाबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । महेन्द्रनगर वडा नं. २ कञ्चनपुरकी कोरोना संक्रमित २९ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतवार विहान साढे ४ बजे मृत्यु भएको हो । सेती अस्पतालमा जुम्ल्याहा १ छोरा १ छोरी जन्माएकी ती महिलाको रक्तश्राव नरोकिएपछि […]