डुडुवाको विषयगत समितिद्धारा बजेट विनियोजन

२० असार २०७५, बुधबार २२:२७
 

सदरलाइनडटकम  
डुडुवा (बाँके) : डुडुवा गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७५/०७६ को बजेटका लागि विषयगत समितिबाट विकास बजेटतर्फको रकम विनियोजन गरि सिफारिस गरेको छ ।
विभिन्न ६ वटा विषयगत समितिहरुको छुट्टाछुट्टै बुधबार बसेको बैठकले ९ करोड २८ लाख ३२ हजारको प्रस्तावित बजेट विनियोजन गरेको जनाएको हो ।
त्यस अन्र्तगत पुर्वाधार विकासतर्फ ४ करोड २० लाख ३२ हजार, आर्थिक विकासतर्फ १ करोड ५० लाख, सामाजिक विकासतर्फ २ करोड ३८ लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ ६० लाख, वातावरण तथा विपत व्यवस्थापनतर्फ रु ५० लाख, वित्तिय सुशासनतर्फ १० लाख बजेज विनियोजन गरिएको हो ।
समितिले समुदायस्तरमा वडा भेला गरि प्राथमिकताका आधारमा योजना तथा कार्यक्रम छनौट गरि सोही आधारमा बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए । उनले छानिएका विषयगत योजनालाई शिर्षक अनुरुप बजेट बाडफाड गरि गाउँसभाबाट पारित गराइनेछ ।
गाउँपालिकाको नयाँ आर्थिक वर्षका लागि संघिय र प्रदेश सरकारबाट प्राप्त कुल बजेट २४ करोड ५ लाख ७८ हजार रहेको छ । जस अनुसार चालुतर्फ ३ करोड ८८ लाख, सम्पुरकतर्फ ३ करोड, ससर्ततर्फ ७ करोड ३१ लाख, विकासतर्फ ८ करोड र प्रदेश सरकारबाट अनुदान १ करोड ८६ लाख ७८ हजार रहेको छ ।
चालुु वर्ष भन्दा नया आर्थिक वर्षको बजेट कम रहेको छ । गाउँपालिकाले असार १० गते ल्याएको नीति तथा कार्यक्रममाथी छलफल गरेको आधारमा बजेट विनियोजन गरि अबको केहीदिन भित्र गाउँ सभाको बैठकबाट पारित गरिने जनाएको छ ।
गाउँपालिकाको नयाँ आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि पशु स्वास्थ्यका अभियानलाई प्रभावकारी बनाइ दिगो बनाउने र विकास निमार्णको कार्यलाई नमुना बनाउने मुख्य प्राथमिकता रहेको छ ।
विषयगत समितिमा जनप्रतिनिधी, विषयगत कार्यालयका प्रमुख, र कर्मचारीहरुको सहभागितामा बजेट निर्धारण गरिएको हो ।
यसैविच गाउँपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा नारायणप्रसाद रेग्मी आईपुगेका छन् । प्रदेश ५ सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट उनी डुडुवामा आएका हुन । यो भन्दा अघिका प्रमुख प्रशासकिय अधिकृत दिपकप्रसाद पौडेल सेवा निबृत्त भएपछि रिक्त पदमा रेग्मी आएका हुन ।

Next Post

२१ आषाढ २०७५ बिहिवारको राशिफल

२० असार २०७५, बुधबार २२:२७
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ ।   मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम […]