प्लान्ट क्वारेण्टीन यथाशिघ्र सञ्चालन गर्न व्यवसायीहरुको आग्रह

नेपालगञ्ज नाका भएर कच्चा पदार्थ ल्याउँदा उत्पादन लागतमा बृद्धि

सदरलाइन संवाददाता ४ मंसिर २०८०, सोमबार १५:४८
 

धनगढी : धनगढीका व्यवसायीहरुले भारतीय नाका गौरीफन्टासंग जोडिएको त्रिनगर भन्सारमा साउन २८ देखि बन्द रहेको प्लान्ट क्वारेण्टीन यथाशिघ्र सञ्चालन गर्न सरकारसंग आग्रह गरेका छन् ।

सुदूर पश्चिम प्रदेश सरकारद्धारा आयोजित छलफल कार्यक्रममा बोल्दै बरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवालले त्रिनगर भन्सारमा रहेको प्लान्ट क्वारेण्टीन बन्द हुदा यस क्षेत्रका उद्योगहरु बन्द हुने अवस्थामा पुगेको बताए ।

बरिष्ठ उद्योगपति अग्रवालले धनगढी नाकामा रहेको प्लान्ट क्वारेण्टीन बन्द हुँदा नेपालगञ्ज नाका भएर कच्चा पदार्थ ल्याउनु परेको र त्यसले वस्तुको उत्पादनको लागत बृद्धि भएको सुनाए ।

उनले बिभिन्न पक्षले बिभिन्न नाम र बहानामा उद्योगी व्यवसायीहरुलाई अनावश्यक दुःख दिने गरेको बताए ।

मैले ४० वर्षदेखि उद्योग सञ्चालन गर्दै आएको छु, अग्रवालले भने, हामीले उत्पादन गरेका चामलका विषयमा जो कोही आएर धम्क्याउछन, हुदा हुदा प्लाष्टिकको चामल बेच्यो सम्म भन्छन्, अव प्लाष्टिकको मूल्य ५०० रुपैया किलो पर्छ । चामल ६० रुपैया किलो बिक्री हुन्छ । प्लाष्टिकको चामल कसैले बनाउला ?

हामीले उत्पादन गरेको वस्तुहरु अखाद्य भए त्यसको छानबिन गर्ने निकाय छन् । उसले प्रमाणित गरोस कि हाम्रा वस्तुहरु अखाद्य छन् । ४० वर्षसम्म हाम्रा उत्पादनले मानव स्वास्थ्यमा असर गरेको छैन, उनले भने, तर यहाँ त जो कोही आफै वकिल, आफै न्यायधिश हुन्छन ।


बरिष्ठ उद्योगपति श्याम तायलले प्रदेश सरकारद्धारा व्यवसायीहरुसंग संवाद थालेकोमा धन्यवाद दिए ।

उनले सुदूर पश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मलेन आयोजना गर्न लागेकोमा यस क्षेत्रका व्यवसायीहरु उत्साही भएको बताए ।

उद्योगपति हरीशंकर ठाकुरले उद्योग स्थापना देखि सञ्चालनसम्म झञ्झट भएको गुनासो गरे ।

एउटा उद्योग स्थापना गर्न दुई वर्ष लाग्छ । कर कार्यालयमा बरु पहिले भन्दा सुबिधा छ । त्यहाँको अवस्था सहज छ, उनले भने, तर साना तथा घरेलु उद्योग कार्यालयको अवस्था उस्तै छ । जहाँ उद्योग दर्ताको प्रकृयामा मात्र ९० दिन लाग्छ ।

युवा व्यवसायी अनिल भुजानियाले सुदूर पश्चिममा जग्गाको मूल्य अधिक हुदा यहाँ लगानी गर्न बाह्य लगानीकर्ता हिच्किचाउने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भैलोबाट उठेको रकम मृगौला पीडितलाई

४ मंसिर २०८०, सोमबार १५:४८
कोहलपुर (बाँके) : देउँसी भैलो कार्यक्रमबाट उठेको रकम कोहलपुरका मृगौला पीडितलाई हस्तान्तरण गरिएको छ । सगरमाथा डान्स एण्ड इन्टरटेन्मेन्ट खजुरा र दश बिगाह युवा जागरण क्लबले संयुक्तरुपमा आयोजना गरेको भैलीबाट उठेको ४८ हजार रुपैयाँ सामाजिक उत्तरदायित्व वहन गर्दै कोहलपुर १० कालिकानगरका मृगौला पीडित प्रकाश विकलाई हस्तान्तरण गरिएको हो । सगरमाथा […]