बाँकेको चिरपरिचित अनुहार रत्न खत्री

सदरलाइन संवाददाता १७ कार्तिक २०७९, बिहीबार १३:१६
 

नेपालगञ्ज : रत्न खत्री बाँकेको राजनीतिमा चिर परिचित अनुहार । करिब तीनदशकदेखि बाँकेको राजनीतिमा सक्रिय रहनुभएका खत्रीले विद्यार्थी राजनीतिमा महेन्द्र बहुमुखी क्याम्पस नेपालको स्ववियु सभापतिमा निर्वाचित भएपछि बाँकेमा बिश्व विद्यालय स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका हुन् ।

दोश्रो जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दा तत्कालिन समयमा सुरक्षा निकायले धरपकड तथा मरणासन्न हुनेगरी कुटपिट गरेको थियो । उनी लामो समय भूमिगत र प्रहरी हिरासतमा समेत बसे । एमाले निकट अनेरास्ववियुकोे केन्द्रीय प्रचार विभाग प्रमुखको रुपमा काम गरेपछि उनी एमाले बाँकेको जिल्ला कमिटी सदस्य, उपसचिव र हाल दोश्रो कार्यकाल सचिवको रुपमा कार्यरत रहेका छन् ।

सुर्खेतको सिम्तामा जन्मिएपनि उनको बाल्यकाल बाँकेमा बित्यो । उनले राजनीतिक कार्यक्षेत्र पनि बाँकेको बैजनाथ र खजुरा गाउँपालिकालाई बनाए । तत्कालिन जिल्ला विकास समिति बाँकेमा एमालेको तर्फबाट दलीय प्रतिनिधी र स्थानीय शान्ति समितिको प्रतिनिधी हुँदा उनले क्षेत्र र जिल्लाको विकास निर्माण र शान्ति स्थापनामा भूमिका निर्वाह गरे ।

समकालिन राजनीतिमा पार्टीको शीर्ष नेतृत्वसँग निकटको समबन्ध बनाएका खत्री जिल्लामा पार्टीगत मात्रै नभएर फरक पार्टीका नेता कार्यकर्ता र नागरिक समाज तथा विभिन्न पेशाकर्मीसँग पनि समान सम्बन्ध बनाउन सफल भएका छन् ।


खत्रीलाई यहि मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेले बाँके क्षेत्र नम्बर ३ (१)को उम्मेदवार बनाएको छ । खत्रीलाई एमालेसहित राप्रपाको पनि समर्थन रहेको छ । राप्रपाका नेताहरु फत्तेसिंह थारु, ठाकुरसिंह थारु, तारकसिंह थारु लगायतका नेता कार्यकर्ताहरु खत्रीको पक्षमा लागेका छन् ।

राजनीतिमा पूर्णकालिन भएर लागेका खत्रीले राजनीति शास्त्रमा एमए उत्तिर्ण गरेका छन् । प्रष्टसँग आप्mना कुरा राख्न सक्ने कुशल बक्ताको रुपमा रहेका खत्रीलाई पहिलो पटक बैजनाथ र खजुराका जनताले प्रतिनिधीको रुपमा पठाउने अवसर पाएका छन् ।

यसअघि पटक पटक जनतामा अनुमोदन भएर पनि विकास र समृद्धिका लागि केही गर्न नसकेकाहरु फेरी पनि उम्मेदवार बनेका कारण आम मतदाताको रोजाईमा खत्री परेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्य ढकालको पक्षमा कोहलपुरका जनता

१७ कार्तिक २०७९, बिहीबार १३:१६
कोहलपुर (बाँके) : नेकपा एमाले र राप्रपाले निर्वाचन आयोगको निर्देशन मान्दै बिहीवारबाट संयुक्तरूपमा घरदैलो अभियान शुरु गरेको छ । अभियानको पहिलो दिन बिहीबार कोहलपुर नगरपालिका वडा नं. ११ र १२ मा घरदैलो गरिएको छ । बाँके निर्वाचन क्षेत्र नं. १ अन्तर्गत नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य […]